राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धमा सूचना ।
प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको मिति २०८२/११/१३ को सूचना बमोजिम २०८२ फागुन १५ गते शुक्रबारका दिन राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जामा सो दिन विदा रहने व्यहोरा जानकारी गरिन्छ ।पुनश्च: राष्ट्रिय मगर दिवसको सुखद अवसरमा समस्त मगर समुदायका दाजुभाइ, दिदीबहिनी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नेपालको भाषा, संस्कृति र पहिचानको संरक्षणमा मगर समुदायले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै यस विशेष दिनले आपसी सद्भाव, एकता र भ्रातृत्वको भावनालाई थप मजबुत बनाओस् भन्ने कामना गर्दछौँ ।
सामाग्रीको प्रकृति : सूचना सार्वजनिक विदा
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment