निति र नियमहरु

विद्यालयद्वारा जारी विद्यार्थी आधार आचार संहिताहरू
विद्यार्थीको शैक्षिक, मानसिक र चारित्रिक विकासका लागि विद्यालयले निम्नलिखित आचार संहिताहरू जारी गरेको छ। यी नियमहरूको पालन गर्न विद्यार्थीहरूको कर्तव्य हुनेछ ।
१. विद्यालय सुरु हुने समयमा विद्यालयको प्रार्थनामा उपस्थित भइसक्नुपर्नेछ ।
२. दैनिक रूपमा अनिवार्य कक्षागत गीत गाउनु पर्नेछ ।
३. अति आवश्यक काम परेको खण्डमा कक्षा शिक्षकसँग विदा स्वीकृत गराएर मात्र विद्यालय समयभन्दा अगाडि विद्यालयबाट बाहिर जान पाइनेछ ।
४. विद्यालयले तोकेको पोशाकमा उपस्थित हुनु पर्नेछ ।
५. लामो कपाल, नङ, कपालमा नमिल्दो, रंग, कान, हात र गलामा अनावश्यक वस्तु गाजल, नङ पालिस, लिपिस्टिक, आदि वस्तुहरु लगाएर विद्यालय आउन पाइनेछैन ।
६. कक्षा क्याप्टेनको अनुमती लिएर मात्र दुईजना विद्यार्थी कक्षाकोठाबाट बाहिर जानु पर्नेछ ।
७. बिना जानकारी विद्यालयमा अनुपस्थित हुन पाइनेछैन ।
८. ७५ प्रतिशतभन्दा कम उपस्थित भएका विद्यार्थीलाई कुनैपनि किसिमको छात्रवृत्तिबाट वञ्चित गर्न सकिनेछ ।
९. विद्यालयमा उपस्थित हुँदा विद्यार्थीले आवश्यक किताब, कापी, कलम र अन्य शैक्षिक सामग्रीसहित उपस्थित हुनुपर्नेछ ।
१०. अभिभावक सहित आचारसंहिता भित्र रहने गरी कबुलियत गरी भर्ना हुन पाइनेछ ।
११. विद्यालयमा साथीभाइसंग मिलनसार व्यवहार गर्नुपर्नेछ ।
१२. विद्यालयमा साना कक्षाका भाइबहिनीहरूलाई माया र ठूला कक्षाका दाइदिदीहरूलाई आदरभाव देखाउनु पर्नेछ ।
१३. विद्यालयमा गुरु, गुरुआमाहरूलाई आदरभाव देखाउनु पर्नेछ ।
१४. विद्यालयको शौचालय, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, धारा, खेलमैदान आदिको उचित प्रयोग गर्नुपर्नेछ ।
१५. कक्षाकोठा र विद्यालय हाता दैनिक रूपमा पालोपालो सफा गर्नुपर्नेछ ।
१६. विद्यालयमा गठन भएको क्लबहरुले पालैपालो विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्न सक्नेछ ।
१७. विद्यालयमा गरिएका गरिएको अभिभावकलाई विद्यार्थीले सम्मानको व्यवहार प्रदर्शन गर्नुपर्नेछ ।
१८. विद्यालयमा विद्यार्थीले मोबाइल फोन लिइ आउन पाइने छैन । अति आवश्यक समाचारको लागि विद्यालय प्रशासनसँग सम्पर्क गरी फोन गर्न सकिनेछ ।
१९. विद्यार्थीहरु दुव्र्यसनमा लागेको थाहा भएमा कारवाही हुनेछ ।
२०. विद्यालयमा आउँदा महङ्गा गरगहना लगाउन र अनावश्यक पैसा ल्याउन पाइने छैन ।
२१. विद्यार्थीले समाजमा असल नागरिकको भूमिका निर्वाह गर्नुपर्नछ ।
२२. विद्यार्थीले पाठ पढिसकेपछि शिक्षकले दिएको गृहकार्य तथा परियोजना कार्य अनिवार्य देखाउनु पर्नेछ ।
२३. विद्यार्थीहरूले विद्यालयभित्र वा बाहिर रहँदा गुरु वा गुरुआमाहरूको आज्ञापालना गरी अनुशासनमा बस्नु पर्नेछ ।
२४. विद्यालयमा पढाएका बिषयवस्तुलाई राम्रो तयारी गर्नु पर्नेछ ।
२५. सद्भाव, सद्विचार, सुमार्ग, लगनशील, सदाचार, धैर्य, सत्चरित्र र कर्तव्यपरायणतालाई अध्ययन मार्गमा निरन्तर प्रयोग गर्नु पर्नेछ । 
२६. विद्यालयले संचालन गरेको अतिरिक्त कक्षाहरूमा अनिवार्य उपस्थित भई पठन कार्य अगाडि बढाउनु पर्नेछ ।
२७. विद्यालय हाताभित्र र बाहिर विद्यार्थीले व्गलप ाययम को प्रयोग गर्न पाइने छैन ।
२८. छात्राहरुले दुई चुल्ठी कपाल रिबन सहित बाट्नुपर्नेछ र छात्रहरुले ब्रस कट कपाल काट्नुपर्नेछ ।
२९. लगबुक र विद्यार्थी उपलब्धी अभिवृद्धि योजना (क्ब्च्ए) फारम अनिवार्य भरेर कार्यान्वयन गर्नुपर्नेछ ।्
३०. कक्षाकोठाभित्र रहेको प्रोजेक्टर, सीसी क्यामेरा, ह्वाइटबोर्डको संरक्षण गर्नुपर्नेछ ।
३१. सरस्वती मन्दिरमा सरस्वती देवीको प्रार्थना गर्नुपर्नेछ ।
३२. फूलहरुले सजिएका गमला र फूलबारीको व्यवस्था गर्नुपर्नेछ ।
३३. १० मिनेटको ब्रेक समयमा विद्यालय हाताभन्दा बाहिर जान पाइने छैन ।
३४. आइतबारको दिन शुक्रबारे कार्यक्रमको रिपोर्टिङ गर्नुपर्नेछ । 
३५. हरेक शुक्रबार कक्षागत रुपमा पालैपालो प्रतिभा प्रस्फुटन गर्नुपर्नेछ ।
३६. जु.रे.स., बालक्लब, बालिकामैत्रीको बैठक मासिक रुपमा बस्नुपर्नेछ ।
३७. खड्गकाली पत्रिका हरेक महिना प्रकाशन गर्नुपर्नेछ ।
३८. सुझाव पेटिकाको सहि प्रयोग गर्नुपर्नेछ ।
(नोट: यी आचार संहिताहरू विद्यालयको नियमावलीका भाग हुन्। पालना नगरेको अवस्थामा विद्यालयले आवश्यक कारबाही गर्नसक्नेछ।)
अपडेट
लोडिङ हुँदै छ...