6/06/2025
5/30/2025

खड्गकाली मा.वि. बाल क्लबको आयोजनामा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
प्रथम पटक प्रकाशित : Friday, May 30, 2025
9/04/2024

६२ औं नेपाल रेडक्रस सोसाइटी स्थापन दिवसको अवसरमा खड्गकाली मा.वि. मा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न
प्रथम पटक प्रकाशित : Wednesday, September 04, 2024
जुनियर रेडक्रसका शिक्षक नायक ढाकाराम भट्टाराईले रेडक्रसको मर्म, उद्देश्य, संक्षिप्त इतिहास र यसको विश्वव्यापी सञ्जालको बारेमा प्रस्ट्याउँदै रेडक्रसद्वारा आयोजित विभिन्न रक्तदान कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई पुण्यको काम गर्नुभएकोमा विद्यालयको शिक्षकहरुलाई धन्यबाद समेत दिनुभयो ।
सहायक प्र.अ. तथा जुनियर रेडक्रस सर्कल, स्याङ्जाका पूर्व सचिव पशुपति पौडेलले पनि रेडक्रसको योगदान र भावनाको बारेमा विस्तृत जानकारी दिनुभयो ।
समाजमा हुने गरेको व्याप्त सामाजिक विसंगति, महिला हिंसा, लैंगिक विभेद र संविधानको धारामा मात्र सिमित महिला अधिकारमाथी आलोचना गर्दै नारीलाई पनि राष्ट्रको मुल धारमा ल्याउनुपर्ने कुरा गीतको माध्यमबाट संदेश दिँदै विद्यमान त्यस्ता विसङ्गतीलाई अन्त्य गर्नुपर्ने कुरालाई जोड दिँदै प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा प्रथम अन्नपूर्ण सदन भएका छन् । द्वितीय हुनेमा कञ्चनजंघा सदन रहेका छन् । त्यसैगरी, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सदनहरु क्रमशः, सगरमाथा सदन र मनास्लु सदन रहेका छन् । कार्यक्रममा प्रतियोगी बाहेक अन्य विद्यार्थीहरु र प्रमुख अतिथिको रुपमा रहनुभएको जुनियर रेडक्रस सर्कल संरक्षक तथा प्र.अ. लेस बहादुर खाँणले समेत आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।
निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु क्रमशः बिष्णु पौडेल, कोपिला केसी रोका र संगिता पौडेल रहनुभएको थियो । प्रमुख अतिथीको रुपमा विद्यालयको प्र.अ. लेस बहादुर खाँण रहनुभएको उक्त कार्यक्रमको सञ्चालन रेडक्रसका सचिब इस्मी मल्लद्वारा सञ्चालन भएको थियो ।
प्रतियोगिता पश्चात् नयाँ गठन भएको विद्यालय व्यवस्थापन समितको शिक्षक प्रतिनिधिको रुपमा मनोनीत शिक्षक पशुपति पौडेल र शिक्षक अभिभावक संघको शिक्षक प्रतिधिको रुपमा मनोनीत शिक्षक जगदीशप्रसाद यादवलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरियो । साथै, विभिन्न स्थान हाँसिल गर्न सफल सदनहरुलाई पुरस्कृत गरियो र केही समय नाचगान पश्चात् कार्यक्रमको अन्त्य भयो ।