जेन–जी (Gen-Z) घटनाको भत्र्सना तथा शोक विदा सम्बन्धमा सूचना ।
मिति २०८२/०५/२३ गते जेन–जी (Gen-Z) हरुको आन्दोलनमा भ्रष्टाचार र बेथितिका विरुद्ध सडकमा आवाज बुलन्द गर्न उत्रिएका विद्यार्थीहरूमाथि गोली प्रहार हुँदा केही विद्यार्थीको दुःखद निधन भएकोमा उहाँहरुको चिर आत्मशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछौं।
यस किसिमको बर्बरता र अन्यायको घोर भत्र्सना गर्दै, चापाकोट नगरपालिकाको सूचनाअनुसार मिति २०८२/०५/२४ गते यस श्री खड्गकाली माध्यमिक विद्यालयमा एक दिनका लागि शोक बिदा रहेको जानकारी गराउँदछौं ।
सामाग्रीको प्रकृति : सार्वजनिक विदा सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment