9/14/2025

श्री खड्गकाली मा.वि. मा ६१ औं बाल दिवस भव्यताका साथ सम्पन्न

श्री खड्गकाली माध्यमिक विद्यालयमा चापाकोट-४, घुर्लिचौरमा आज मिति २०८२ भाद्र २९ गते, 'बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नाराका साथ ६१औं बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
विद्यालयका प्रधानाध्यापक लेस बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा सहायक प्रधानाध्यापक राजेन्द्र बहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो भने अन्य शिक्षकहरू अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा बाल क्लबद्वारा आयोजित विभिन्न प्रतियोगिताहरूले बालबालिकाहरूमा उत्साह थपेको थियो। कक्षा १ देखि ३ सम्म सञ्चालित स्मृति खेल (Memory Game) मा क्रमशः कक्षा १ बाट प्रयुस सारु, कक्षा २ बाट सनिसा शाल्मी र कक्षा ३ बाट विश्वास बि.क. प्रथम भएका छन्। यस्तै, कक्षा ४ र ५ का लागि आयोजित स्मृति खेलमा कक्षा ५ की छात्रा रोशनी खाँणले प्रथम स्थान हासिल गरेकी छिन्।


कक्षा ६ देखि १० सम्मको लागि अन्तरसदनात्मक जनचेतनामूलक नाटक प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगितामा मनास्लु सदनका इस्मी मल्ल उत्कृष्ट भएकी छिन्।
कार्यक्रमको अन्त्यमा, विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी उनीहरूको उत्साह र लगनको सम्मान गरिएको छ। बाल दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले बालबालिकाहरूको प्रतिभा प्रस्फुटनका साथै उनीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको प्र.अ. लेसबहादुर खाँणले जनाउनुभयो।
बालक्लबको अध्यक्ष मेलिना हिताङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घोषण बालक्लबका सचिव सलिना केसीले गरेका थिए । कार्यक्रम संयोजक अतिरिक्त कृयाकलाप संयोजक गोकर्ण जिसीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा बिजेता प्रतियोगीहरूलाई पुरस्कार बितरण गरिएको छ।


सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...