सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०४/१०, च.नं. ११२ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०४/१४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

तपसील:

विज्ञापन नं.: १/०८०/०८१

पद संख्या: १

पद: शिक्षक (शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

योग्यता: बि.एस.सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८०/०४/२८ (४ बजेभित्र)

सम्पर्क मिति: २०८०/०४/२८

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्त:

0 Comments

Famous Quotes: