2026-06-26

विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्बन्धमा सूचना

विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, धुर्लचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा अनिवार्य उपस्थित भै दिनुहुन सादर अनुरोध गरिन्छ।

मिति: २०८३ असार १४ गते, आइतबार
समय: १२:०५ बजे
स्थान: श्री खड्गकाली मा.वि. प्राङ्गण

2026-06-25

खड्गकाली मा.वि.को प्रथम त्रैमासिक परीक्षा तथा मूल्याङ्कन २०८३ को समय तालिका

खड्गकाली मा.वि.को प्रथम त्रैमासिक परीक्षा तथा मूल्याङ्कन २०८३ को समय तालिका

First Terminal Exam 2083 Routine

Shree Khadgakali Secondary School, Chapakot-4, Syangja

s.n. Date Day Class 9-10 Class 6-8 Class 4-5 Class 1-3 Class K.G. Class Nursery
1 2083/03/11 Thursday English English English English English English
2 2083/03/12 Friday Nepali Nepali Nepali Nepali Nepali Nepali
3 2083/03/13 Saturday - - - - - -
4 2083/03/14 Sunday - - - - - -
5 2083/03/15 Monday Math Math Math Math Math Math
7 2083/03/16 Tuesday Social Social Social Serofero Science, Oral Science Oral English
8 2083/03/17 Wednesday Science Science Science Local Oral English Oral Nepali
9 2083/03/18 Thursday Opt. Math/Eco. Health Health Oral Nepali Moral Math
10 2083/03/19 Friday Education Local Local Oral Math -

2026-05-27

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८३ जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते नियमित सार्वजनिक विदा रहेकोले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2026-04-14

नयाँ वर्ष २०८३ सालको शुभकामना सन्देश (Happy New Year 2083)

नयाँ वर्ष २०८३ सालको शुभकामना सन्देश (Happy New Year 2083)

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा यस विद्यालयको शैक्षिक उन्नयनमा प्रत्यक्ष वा परोक्ष रुपमा भूमिका खेल्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी महानुभावहरू, विद्यार्थी, शिक्षक एवम् अभिभावक ज्यूहरूलाई सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

- प्र.अ. तथा विद्यालय परिवार

2026-04-07

कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा २०८२ को नतिजा

कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा २०८२ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८२ मा मिति २०८२ चैत्र ८ देखि १६ सम्म सञ्चालित कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षामा तपसीलका विद्यार्थीहरू उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
नाम वा सिम्बाेन नं. राखेर रिजल्ट हेर्न यहाँ जानुहोस् : https://www.khadgakali.edu.np/p/ble-result.html

2026-04-05

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८२ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८२ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८२ मा मिति २०८२ चैत्र ८ देखि १६ सम्म सञ्चालित कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरू उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।

आधारभूत तह परीक्षा (कक्षा ८) को नतिजा चापाकोट नगरपालिकाबाट हुनेछ ।

2026-03-15

चापाकोट नगरस्तरीय वार्षिक परीक्षा तथा आधारभूत तह परीक्षा २०८२ को समयतालिका

चापाकोट नगरस्तरीय वार्षिक परीक्षा तथा आधारभूत तह परीक्षा २०८२ को समयतालिका

चापाकोट नगरस्तरीय वार्षिक परीक्षा तथा आधारभूत तह परीक्षा २०८२ समयतालिका

2026-02-17

ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ६ गते बुधबार ग्याल्पो ल्होसार र ७ गते बिहिबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ८ गते शुक्रबार यथावत समयमा नियमित पठनपाठन हुनेछ ।

2026-02-16

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरमा माध्यमिक तह ल्याकत परीक्षा (SEE Aptitude Exam) र आधारभूत तह ल्याकत परीक्षा (BLE Aptitude Exam) २०८२ को परीक्षाफल प्रकाशन तथा पुरस्कार र प्रगति वितरण निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८२ फाल्गुन ०५ मंगलबार
समयः दिउँसो १२ः१५ बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण

2026-02-13

महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ३ गते आइतबार महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2025-09-24

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना


2025-09-18

असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने

असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने

चापाकोट नगरपालिकाको मिति २०८२/०६/०२ गतेको निर्णय बमोजिम असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा पनि नियमित रुपमा विद्यालयको पठनपाठन सञ्चालन हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।

2025-09-16

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मिति २०८२ असोज १ गते बुधबार Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक मनाउने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2025-08-27

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं.४ स्थित श्री खड्गकाली माध्यमिक (१–१०) विद्यालयमा मिति २०८२/०६/११ गते देखि रिक्त हुने प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा सरुवा प्रक्रिया अगाडि बढाइने भनी विद्यालयको च.नं. ४ मिति २०८२/०५/१२ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा योग्यता पुगेको स्थायी शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको सहमती सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को दफा १ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। 
पुनश्चः 
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना khadgakalischool@gmail.com मार्फत निवेदन पेश गर्न सकिने छ। 
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारबाही हुने छैन।



2025-08-24

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, स्याङ्जामा भोली मिति २०८२ भाद्र ०९ गते सोमबार स्थानिय विदा राखिएकोले विद्यालयको नियमित पठनपाठन कार्य बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।
पुनश्च : मिति २०८२ भाद्र १० गते हरितालिका तीजको अवसरमा महिला विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

2025-08-13

प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा

प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरको प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८२ साउन २९ गते विहिबार
समयः ११ः०० बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण

2025-07-09

मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)

मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)


प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८२/०२/११, च.नं. १८०५ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८२/०२/११ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील

विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)

पद संख्या: १

पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

विषय: गणित

योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८२/०३/३१ (४ बजेभित्र)

सम्पर्क मिति: २०८२/०३/३१  

 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्तको लागि


2025-07-04

२०८२ को  वर्षे विदा सम्बन्धमा सूचना ।

२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक वर्ष २०८२ को वर्षे विदा मिति २०८२/०३/२२ गतेदेखि २०८२/०४/१६ गतेसम्म हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । 

पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ । 

SEE ग्रेड वृद्धि परीक्षाको आवेदन फारम सम्बन्धमा सूचना र समय तालिका

SEE ग्रेड वृद्धि परीक्षाको आवेदन फारम सम्बन्धमा सूचना र समय तालिका

प्रस्तुत विषयमा शैक्षिक सत्र २०८१ को माध्यमिक तह परीक्षा (SEE) मा ग्रेट नखुलेका वा कम ग्रेड प्राप्त गर्ने विषयहरुमा ग्रेड वृद्धि गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८२ असार मसान्तसम्म विद्यालयमा आवश्यक काजजात सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।

आवश्यक कागजातहरु

१. प्रवेश पत्रको प्रतिलिपि

२. दुई प्रति पासपोर्ट साइज फोटो

३. आवेदन दस्तुर

समय तालिका


2025-06-27

खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश

खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश

श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश यसप्रकार रहेको छ । उतिर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरू उज्ज्वल भविष्यको कामना 💝




अपडेट
लोडिङ हुंदै छ...