सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

माध्यमिक शिक्षा परीक्षा (SEE 2079) ग्रेडवृद्धि परीक्षाको आवदेन फारम सम्बन्धमा जरुरी सूचना

श्री जो जससंग सम्बन्ध राख्दछ,
विषय : ग्रेडवृद्धि परीक्षाको आवदेन फारम सम्बन्धमा ।
२०७९ साल चैत्र १७ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाबाट नियमित परीक्षार्थीको रुपमा सहभागी भई अन्तिम ग्रेड (Final Grade) ‘C' वा 'C' भन्दा कम प्राप्त गरेका विषयहरू मध्ये बढिमा दुई विषयमा मात्र पुरक परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीहरुले मिति २०८० साउन १४ गतेसम्म आवेदन फाराम भर्नको लागि तपसिलका कागजातहरुसहित विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध
गरिन्छ ।
तपसिलः
- २ प्रति पासपोर्ट साइजको फोटो
- प्रवेश पत्रको प्रतिलिपी
- ग्रेडसिटको प्रतिलिपि
- राजस्व दस्तुर रु. ५००/-
- सम्पर्क नंबर: 9804176284, 9762749881, 9846071642, 9846122777

0 Comments

Famous Quotes: