सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

माध्यमिक शिक्षा परिक्षा २०७५ को ग्रेड वृद्धि पूरक परीक्षाको फाराम सम्बन्धि सूचना

SEE Grade-up Routine 2076
माध्यमिक शिक्षा परिक्षा - २०७५ (पुरक) को समयतालिका
विद्यार्थी भाईबहिनी तथा अभिभावक ज्यूहरु,
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौरको माध्यमिक शिक्षा परीक्षा २०७५ (SEE-2075) मा सैद्धान्तिक तर्फ कम ग्रेड (C, D+, D र E) प्राप्त गरेको विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुको लागि  ग्रेड वृद्धि पूरक परीक्षा २०७६ भाद्र १ गते गतेबाट  सञ्चालन हुन गइरहेको भएकोले ग्रेड वृद्धि पूरक परीक्षाको लागि फाराम भर्न विद्यालयमा तुरुन्त सम्पर्क राख्नुहुन यो सूचना जारी गरिन्छ ।
#आवश्यक कागजातहरु:
१. दुई प्रति पासपोर्ट साइजको फोटो ।
२. SEE-2075 को प्रवेश-पत्र ।
३. आवेदन फाराम । (विद्यालयले उपलब्ध गराउने छ)
पुनश्च: फाराम भर्ने अन्तिम मिति साउन ५ गतेसम्म । थप जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नुहोला । सहयोग तथा सोधपुछको लागि सम्पर्क नं ९८०४१७६२८४ र ९८०५८७०८०१                                                  प्र.अ.

                                         लेस बहादुर खााँण
                                       श्री खड्गकाली मा.वि.

0 Comments

Famous Quotes: