सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

श्री खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता - विज्ञापन नं. १/०७५/०७६

Teacher Wanted on Khadgakali Secondary School
प्रस्तुत विषयमा मिति २०७५/१२/१९ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आधारभूत तह (कक्षा नर्सरी देखि कक्षा २) को अंग्रेजी माध्यममा शिक्षण गर्ने शिक्षक पदपूर्ति गर्न तपसील अनुसारका सेवा सर्त बमोजिम मिति २०७५/१२/१९ गते देखि १५ दिन भित्रमा आवेदनको लागि दरखास्त आव्हान गरिन्छ ।
Teacher Wanted on Khadgakali Secondary School

तपसील

१. विज्ञापन नं. १/०७५/०७६
२. पद : प्रा.वि. (आधारभूत तह)
३. पद संख्या : १
४. शैक्षिक योग्यता : कक्षा १२ उतिर्ण (अंग्रेजी मूल विषय लिई उतिर्ण गरेकालाई प्राथमिकता दिइने)
५. पदको किसिम : निजि शिक्षक
६. परीक्षा दस्तुर : रु. ५००/-
७. दरखास्त दिने अन्तिम मिति : २०७६/०१/०३
८. सम्पर्क मिति : २०७६/०१/०४
९. परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
१०. तलब सुविधा : वि.व्य.स.को निर्णय अनुसार

आवश्यक कागजातहरु:

- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी : १/१ प्रति
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी - १/१ प्रति
- अध्यापन अनुमतिको प्रतिलिपी : १ प्रति
- निवेदन पत्र - १ प्रति

0 Comments

Famous Quotes: