सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७६ को लागि नयाँ भर्ना खुल्यो

Admission Open at Khadgakali Secondary School for 2076
बिगत ५६ वर्ष देखि विशुद्द शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छबि प्रदान गर्न सफल साथै एसईई परीक्षा २०७३ मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा निःशुल्क एवम् सर्व सुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक बिद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर र आइसिटी, प्रयाप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल २०७६ को नयाँ शैक्षिक सत्रको निम्ति मिति २०७५ चैत २५ गतेबाट कक्षा नर्सरीदेखी कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं । कक्षा नर्सरीदेखि कक्षा २ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरुमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालयमा समयमै भर्ना भई सिट सुरक्षित गर्नुहोला ।

हाम्रा विशेषताहरुः

  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दतिहरुको पूर्ण अवलम्बन गरिएको ।
  • कम्प्युटर, मल्टिमिडिया प्रोजेक्टर तथा आधुनिक प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • बालमैत्री, स्वच्छ र आरामदायी कक्षाकोठा, खानेपानी र शौचालयहरुको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ सिप सिकाई कार्यको अवलम्बन ।
  • अन्तराष्ट्रिय सिकाइ पद्दतिहरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तरको वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरु आत्मसाथ गरिने ।
  • प्रत्येक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डरको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरिने ।
  • गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषद्वारा छात्रावृत्ति प्रदान गरिने ।
  • नगर स्तरिय (BLE) तथा माध्यमिक शिक्षा परिक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • शिक्षक, विद्यार्थी र अभिभावहरुबिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न नियमित अन्तरकृया कार्यक्रम गरिरहने ।
  • कुनै पनि पिरियड खाली नहुने गरि लिजर पिरियड व्यवस्थापन ।

पुनश्च: भर्ना गर्न आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । भर्ना भएपश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ । कक्षा सञ्चालन २०७६ वैशाख २ गतेबाट धमाधम हुने कुरा सहर्स जानकारी गराइन्छ ।
थप जानकारीको लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला अथवा  कार्यालय समयभित्र  +977 61-690975 वा +977 980-4176284 मा सम्पर्क गर्नुहोला ।

0 Comments

Famous Quotes: