सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा कक्षा ९ द्वारा कक्षा १० लाई बिदाई कार्यक्रम सम्पन्न

शैक्षिक सत्र २०७५ का कक्षा १० मा अध्यनरत विद्यार्थीहरु
शैक्षिक सत्र २०७५ का कक्षा १० मा अध्यनरत विद्यार्थीहरु
खड्गकाली मा.वि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०७५ फागुन २९ गते कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का अग्रज बिद्यार्थीहरुको निम्ति शुभकामना तथा विदाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्‍यो ।

विगतका वर्षहरुमाझै यस बर्ष पनि विद्यालय प्रशासनको सहयोग र निर्देशनमा कक्षा ९ का विद्यार्थीहरुले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा कक्षा ९ मा अध्यनरत छात्र मनिस पंगेनी सभापतिको रुपमा हुनुहुन्थ्यो । उद्घोषको रुपमा कक्षा ९ को छात्रा धनु सिङ्जाली र विद्यालयको अध्यक्ष देवेन्द्र खाँण प्रमुख अतिथि हुनुहुन्थ्यो भने शिक्षक अभिभावक संघका अध्यक्ष तिलक बहादुर खाँण विशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा कक्षा ९ र १० का सम्पूर्ण विद्यार्थीहरु, विद्यालयको शिक्षकहरु, अभ्यास शिक्षणमा आउनुभएको विद्यार्थी शिक्षकहरु लगायत अन्य अतिथीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रममा विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा ९ का छात्रछात्राहरु शिशिर गुरुङ र सुजिना पौडेलले स्वागत मनतव्य व्यक्त गरे । विद्यालयको शिक्षकहरु गोकर्ण जिसी र दुर्गा सारुले शुभकामना मनतव्य व्यक्त गर्दै आउँदै गरेको एस.ई.ई परिक्षाको सफलताको शुभकाकामना व्यक्त गर्नुभयो । साथै, उहाँहरुले विद्यालयबाट विदाईको घडिलाई एउटा दुःखद क्षणको रुपमा नलिई नयाँ अवसरको आयाम र आफूलाई प्रगतिको दिशातर्फ मोड्नुपर्ने समयको रुपमा लिएर अघि बढ्न समस्त विद्यार्थीहरुलाई आश्वासन दिनुभयो । त्यसैगरी शिक्षक पशुपति पौडेलले सत प्रतिशत बिद्यार्थीहरु राम्रो ग्रेडमा उत्तीर्ण भई आउँदै गरेको एसईई परिक्षामा 'ए प्लस' ग्रेड ल्याई विद्यालयको गरिमा उच्च बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । पढाइसंगै आफ्नो स्वास्थको समेत ख्याल गरि अघि बढ्न आग्रह गर्दै शिक्षक जगदीश प्रसाद यादवले विद्यार्थीहरुलाई एस.ई.ई परीक्षाको सफलताको शुभकामना दिनुभयो । त्यस्तै कक्षा १० का विद्यार्थी प्रतिनिधिको रुपमा छात्रछात्राहरु सौरव अर्याल, दिवश रनपाल र सर्मिला शाल्मीले आ-आफ्नो मनतव्य गरे । उनीहरुले एस.ई.ईमा विद्यालयले अपेक्षा गरे अनुरुपको नतिजा ल्याउनको लागि हरसम्भव प्रयासरत रहने प्रतिवद्वता जाहेर गरे । त्यसैगरी शिक्षक राजेन्द्र बहादुर थापाले अनुशासन विद्यार्थीको एउटा गहना भएको कारण सधै आफूलाई अनुशासनको कडीमा बाँधेर अघि बढ्न र सहयोगी भावनाका साथ एसईई परीक्षा तयारीमा लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँणले अन्तर्कृया रुपी शुभकानमा आदानप्रदान र विदाई कार्यक्रम सञ्चालन गरेकोमा आयोजक कमिटीलाई धन्यबाद दिँदै विद्यालय सञ्चालनको विविध गतिविधिमा केही कमि कमजोरी भएमा क्षमायाचन गरिदिन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । साथै, उहाँले विद्यालयबाट औपचारिक पठनपाठनबाट बाहिरिएतापनि विद्यालय प्रतिको माया, मोह, प्रेम र सद्भाव सदैव कायम राख्न समग्र विद्यार्थी वर्गलाई अनुरोध गर्नुभयो । उहाँले आज यस विद्यालयबाट बाहिरिएका विद्यार्थीहरु भविष्यमा गौरव योग्य स्थान, पद, स्तर र प्रतिस्ठारुपी व्याक्तित्वको रुपमा देख्न पाउँ भनि मनोकांक्ष समेत व्यक्त गर्नुभयो । विशिष्ट अतिथीको रुपमा रहनुभएको भूतपूर्व व्यवस्थापन समितिको अध्यक्ष समर बहादुर शाहीले विद्यार्थीहरुलाई परिक्षाको समयमा मर्यादित तरिकाले नआत्तिकन एस.ई.ई. परीक्षा दिन आग्रह गर्नुभयो । एवम् रितले विशिष्ट अतिथीको रुपमा रहनुभएको तिलक बहादुर खाँणले विद्यार्थीहरुलाई परिक्षाको निम्ति शुभकामना व्यक्त गर्दै परिक्षाको समयमा प्रश्न राम्रोसँग दोहर्‍याई तेहर्‍याई पढेर राम्रोसंग प्रश्नबोध गरेर मात्र उत्तर लेखन थालनी गर्न समग्र विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । प्रमुख अतिथिको रुपमा रहनुभएका वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खाँणले परिक्षाको समयमा कुनै समस्या आइलागे आफू सहयोगको लागि तत्पर रहने कुरा प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा बिद्यालयको अंग्रेजी शिक्षक बिष्णु पौडेलले अत्यन्तै हृदयविदारक र सन्देश मूलक प्रस्तुतिहरु दिएर कार्यक्रमको सोभा एवम् आकर्षण अझ बढाएको थियो ।

सम्पूर्ण शिक्षक प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अतिथि, विशिष्ट अतिथि र प्रमुख अतिथीको मनतव्य तथा शुभकामना आदानप्रदान पश्चात् कक्षा १० को सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षक तथा कक्षा ९ का विद्यार्थीहरुले फूल र टीका लगाएर विदाई कार्यक्रम सम्पन्न गर्‍यो । बिदाईको क्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालय व्यवस्था समितिका अध्यक्ष एवम् स्वागत तथा विदाई कार्यक्रमका प्रमुख अतिथि देवेन्द्र खाँण र प्रधानाध्यापक लेस बहादुर खाँणलाई मायाको चिनो स्वरुप उपहार हस्तान्तरण गर्‍यो । 
शिक्षक र शैक्षिक सत्र २०७५ कक्षा १० मा अध्यनरत विद्यार्थीहरु
शिक्षक र शैक्षिक सत्र २०७५ कक्षा १० मा अध्यनरत विद्यार्थीहरु
औपचारिक कार्यक्रमको अन्त्यमा चिया नास्ताको व्यवस्था भयो र नाचगान सहितको सांस्कृतिक पश्चात् कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

0 Comments

Famous Quotes: