सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा आजबाट ल्यागत परीक्षा सञ्चालन हुँदै

खड्गकाली माविमा आजबाट ल्यागत परीक्षा सञ्चालन हुँदै
खड्गकाली माविमा आज मिति २०७५ माघ १८ गतेबाट कक्षा १० र कक्षा ८ को माध्यमिक शिक्षा र आधारभूत ल्यागत परीक्षा सञ्चालन भएको छ । चापाकोट नगर शिक्षा समितिको निर्देशन अनुसार चापाकोट नगरपालिका भरिका सम्पूर्ण माध्यमिक विद्यालयहरुसंग एकरुपता हुने गरि परिक्षा सञ्चालन गरिएको हो ।
परिक्षामा कक्षा १० र कक्षा ८ का सम्पूर्ण विद्यार्थीहरु सम्मेलित भएका छन् । आज परिक्षाको पहिलो दिन कक्षा ८ र १० दुबै कक्षाको अंग्रेजी विषयको परिक्षा रहेको थियो । खड्गकाली मावि का परीक्षा संयोजक जगदीशप्रसाद यादवका अनुसार माध्यमिक तह कक्षा १० तर्फ २० गते गणित, २१ गते नेपाली, २२ गते विज्ञान, २३ गते समाजिक, २४ गते जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितीय विषयको परिक्षा हुनेछ भने आधारभूत कक्षा तर्फ २० गते गणित, २१ गते नेपाली, २२ गते विज्ञान तथा वातावरण, २३ गते समाजिक तथा जनसंख्या, २४ गते पेशा व्यवसाय र प्रविधि शिक्षा, २५ गते कम्प्युटर शिक्षा र २६ गते नागरिक तथा नैतिक शिक्षा विषयको परिक्षा हुनेछ ।
Khadgakali School Organising SEE and BLE Sent up Exam 2075

विगतमा बर्षमा एस.ई.ई. ल्यागत परिक्षा मात्र लिने गरेता पनि यस बर्षमा भने विद्यालय परीक्षा समितिको अनुरोधमा व्यवस्थापन समिति र विद्यालय परिवारको सर्वोसम्मतिबाट बि.एल.ई. ल्यागत परीक्षा लिन सुरु गरेको विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँणले बताउनुभयो ।

0 Comments

Famous Quotes: