2026-05-27

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८३ जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते नियमित सार्वजनिक विदा रहेकोले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2026-02-26

राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धमा सूचना ।

राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको मिति २०८२/११/१३ को सूचना बमोजिम २०८२ फागुन १५ गते शुक्रबारका दिन राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जामा सो दिन विदा रहने व्यहोरा जानकारी गरिन्छ ।

पुनश्च: राष्ट्रिय मगर दिवसको सुखद अवसरमा समस्त मगर समुदायका दाजुभाइ, दिदीबहिनी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नेपालको भाषा, संस्कृति र पहिचानको संरक्षणमा मगर समुदायले पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै यस विशेष दिनले आपसी सद्भाव, एकता र भ्रातृत्वको भावनालाई थप मजबुत बनाओस् भन्ने कामना गर्दछौँ । 

2026-02-17

ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ६ गते बुधबार ग्याल्पो ल्होसार र ७ गते बिहिबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ८ गते शुक्रबार यथावत समयमा नियमित पठनपाठन हुनेछ ।

2026-02-13

महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ३ गते आइतबार महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2025-09-24

श्री खड्गकाली मा.वि. चापाकोट-४, धुर्लिचौर, स्याङ्जामा हुने विदा सम्बन्धमा सूचना ।

श्री खड्गकाली मा.वि. चापाकोट-४, धुर्लिचौर, स्याङ्जामा हुने विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, धुर्लिचौर, स्याङ्जामा तपसिल बमोजिमको विदा हुने व्यहोरा जानकारी गराईन्छ । 

तपसिल

  • असोज १ - २१ गते सम्म (दशै विदा)
  • असोज २२ - कार्तिक २ गते सम्म (बर्षे विदा कट्टी विदा)
  • कार्तिक ३ गते - ७ गतेसम्म (तिहार विदा)
  • कार्तिक ८ गते (शनिवार)
  • कार्तिक ९ गते (स्थानीय विदा)
  • कार्तिक १० गते (छठ पर्व विदा)

  • कार्तिक ११ गते मंगलबारदेखि नियमित पठनपाठन शुरु ।

*पुनश्चः विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

2025-09-16

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मिति २०८२ असोज १ गते बुधबार Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक मनाउने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2025-08-24

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, स्याङ्जामा भोली मिति २०८२ भाद्र ०९ गते सोमबार स्थानिय विदा राखिएकोले विद्यालयको नियमित पठनपाठन कार्य बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।
पुनश्च : मिति २०८२ भाद्र १० गते हरितालिका तीजको अवसरमा महिला विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

2025-07-04

२०८२ को  वर्षे विदा सम्बन्धमा सूचना ।

२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक वर्ष २०८२ को वर्षे विदा मिति २०८२/०३/२२ गतेदेखि २०८२/०४/१६ गतेसम्म हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । 

पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ । 

अपडेट
लोडिङ हुंदै छ...