सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. १/०८०/०८१ [दोस्रो पटक प्रकाशित]

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (दोस्रो पटक प्रकाशित) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०४/१०, च.नं. ११२ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०४/२९ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट पुनः दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं.: १/०८०/०८१
पद संख्या: १
पद: शिक्षक (शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
योग्यता: बि.एस.सी वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु.१५००/-
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८०/०५/०३ (४ बजेभित्र)
सम्पर्क मिति: २०८०/०५/०३
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
- ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
अनलाइन दरखास्त:

0 Comments

Famous Quotes: