सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा आधारभूत तह स्तरीय मिठाई दौड र माध्यमिक तह स्तरीय हिसाब दौड प्रतियोगिता सम्पन्न

आज मिति २०८० असार ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बाल क्लबको आयोजनामा आधारभूत तह स्तरीय मिठाई दौड र माध्यमिक तह स्तरीय हिसाब दौड प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुमा सामाजिक भावनाको विकास गरी तार्किक तथा समलोचनात्मक चिन्तन विकास गर्न तथा उनीहरुको बौद्धिक स्तर मापन एवं सुधार गर्ने उद्देश्यकासाथ उक्त अतिरिक्त कृयाकलापहरु सञ्चालन भएको हो । 
माध्यमिक तहको हिसाब दौडमा प्रथम मनिस बि.क. (कक्षा १०), द्वितीय बिनिस थापा (कक्षा १०) र तृतीय अप्सरा थापा भएका छन् । आधारभूत तहको मिठाई दौड प्रतियोगितामा कक्षा नर्सरी देखि ५ बाट प्रथम प्रशन्न खाँण (कक्षा ५), द्वितीय प्रशान्त रुचाल (कक्षा ४) र तृतीय सुशान्त क्षेत्री (कक्षा ५) भएका छन् । त्यसैगरी, आधारभूत तहकै कक्षा ६ देखि ८ बाट प्रथम, द्वितीय र तृतीय क्रमशः बिनोद खाँण (कक्षा ६), रोहन पुलामी (कक्षा ७) र रिम बहादुर कुँवर (कक्षा ६) भएका छन् ।
सम्पूर्ण उत्कृष्ट छनोट हुन सफल विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना । प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित छनोटमा पर्न सफल विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।
@khadgakali आज मिति २०८० असार ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बाल क्लबको आयोजनामा आधारभूत तह स्तरीय मिठाई दौड र माध्यमिक तह स्तरीय हिसाब दौड प्रतियोगिता सम्पन्न भयो । #khadgakalischool #chapakot #syangja #extracurricularactivities @Khadgakali Secondary School ♬ original sound - Khadgakali Secondary School
@khadgakali आज मिति २०८० असार ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बाल क्लबको आयोजनामा आधारभूत तह स्तरीय मिठाई दौड र माध्यमिक तह स्तरीय हिसाब दौड प्रतियोगिता सम्पन्न भयो । #khadgakalischool #chapakot #ghurlichaur #syangja #extracurricularactivities @Khadgakali Secondary School @Khadgakali Secondary School ♬ original sound - Khadgakali Secondary School

0 Comments

Famous Quotes: