सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. २/२०७९/०८०

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि चापाकोट ४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट स्याङ्जाको मिति २०७९/९/२४ गतेको परिपत्रानुसार शिक्षण सहयोग अनुदान अन्तर्गत मा.वि. तहमा विज्ञान विषयको शिक्षक आवश्यक परेकोले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।

तपसील
१. विज्ञापन नं.: २/२०७९/०८०
२. तह: मा.वि.
३. विषय: विज्ञान
४ पद: शिक्षक
५. पद संख्या: १
६. नियुक्तिको प्रकार: सरकारी
७. शैक्षिक योग्यता: बी.एस्सी वा सो सरह
८. तलव स्केल: नेपाल सरकारको नियमानुसार
९. परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
१०. उमेर: १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
११. दरखास्त दस्तुर: रु. १५००/-
१२. दरखास्त दिने अन्तिम मिति: २०७९/१०/९
१३. सम्पर्क मिति: २०७९/१०/९
१४. परीक्षा मिति: सम्पर्क मितिमा जानकारी हुनेछ ।

आवश्यक कागजातहरु
१. अध्यापन अनुमति प्रमाण पत्रको प्रतिलिपि,
२. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि,
३. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
४. निवेदन
सम्पर्क नम्बरहरु: ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष), ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.)

(getButton) #text=(अनलाइन फारम भर्नुहोस्) #icon=(link) #color=(#1bc517)

0 Comments

Famous Quotes: