सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा हुँदै

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा
प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चापाकोट नगरपालिकाको मिति २०७७ चैत्र १६ गतेको विज्ञप्तिमा वर्तमान अवस्थामा वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई दृष्टिगत गरी सम्पूर्ण शिक्षण संस्थाहरु २०७७/१२/१७ गतेदेखि २०७७/१२/२० गतेसम्म विदा दिने निर्णय भएकाले यस खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा पनि सोही निर्णयको आधारमा यहिँ चैत्र २० गतेसम्मका लागि पठनपाठनको सम्पूर्ण गतिविधिहरु स्थगित गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

पूनश्चः अभिभावक वर्गहरुले आफ्ना नानीबाबुहरुलाई घरभित्रै रहने वातावरण मिलाई दिनुहुन समेत अनुरोध गरिन्छ ।

0 Comments

Famous Quotes: