सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा ५६ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७६ फागुन २ गते ५६ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सभ्य र भव्यताकासाथ सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख एवम् विकासप्रेमी युवा नेता श्री शिवकुमार गिरी रहनु भएको थियो । विशिष्ट अतिथिमा चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विक्रम बहादुर सारु लगायत चापाकोट नगरपालिका शिक्षा समितिका सदस्य विश्वास पुरी रहनुभएको थियो भने अतिथिहरुमा नगर कार्यपालिका सदस्य श्री ईन्द्रा खाँण र ईशा राना लगायत भु.पु. वि.ब्य.स. अध्यक्ष, भु.पू. प्र.अ, विद्यालय संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । समाहरोहमा वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्याक्तित्व, विद्यार्थी, अभिभावक र अन्य अतिथिहरुको समेत बेजोड उपस्थित रहेको थियो ।

कार्यक्रममा शिक्षक प्रतिनिधि संगिता पौडेलद्वारा स्वागत मनतव्य व्यक्त भयो । विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा १० की छात्रा धनु सिङ्जालीले पनि शुभकामना मनतव्य व्यक्त गरे । उनले शिक्षक, विद्यार्थी र अभिभावक बिच त्रिकोणात्मक सम्बन्धबाट मात्र शैक्षिक गुणस्तर सम्भव हुनेर र सोही अनुरुपको आचारण गर्न समग्र अभिभावक र सरोकारवाला निकायहरुलाई सुझाव दिए । त्यसैगरी, विद्यालयमा विद्यार्थीको शैक्षिक उन्नयनको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्तानको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्दै शिक्षक राजेन्द्र बहादुर थापाले आफ्नो मनतव्य व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक सबैको समान जिम्मेवारी हुने कुरा प्रकाश पार्नुभयो ।

विद्यालयका प्रधानाध्यापकले आ.व. २०७५/२०७६ को सरकारी तथा निजी स्रोत गरी १,५०,००,०००/- बराबरको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले कार्यक्रमको केन्द्रबिन्दु अर्थात नगर प्रमुख शिब कुमार गिरीद्वारा विगतमा भएका सहयोग र सद्भावप्रती आभार प्रकट गर्दै आगामी शैक्षिक सत्रको निम्ति आधारभूत विद्यालयिय पूर्वाधारहरुको संक्षिप्त मागपत्र प्रस्तुत गर्नुभयो । साथै, उहाँले विद्यार्थीहरुको संख्या अनुसार विवेक प्रयोग गरि दरबन्दी उपलब्ध गराउन र समग्र अभिभावकको माग प्लस टु कक्षा वृद्धि प्रसंगमा नगरप्रमुखलाई ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहनुभएको चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विक्रम बहादुर सारु र ईशा रानाले पनि ५६ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यार्थी परिवारलाई बधाई दिँदै आगामी माध्यामिक शिक्षा परीक्षामा सम्मेलित हुन गइरहेको विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । एवम् रितले, भू.पू. वि.व्य.स र आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो ।
वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा SEE (कक्षा-१०) तथा  BLE (कक्षा-८) को ल्याकत परीक्षा-२०७६ को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा २०७५ को वार्षिक नतिजाको पुरस्कार वितरण, अक्षयकोष छात्रवृत्ति वितरण (SEE २०७५ को उत्कृष्ट ३ जना, BLE उत्कृष्ट १ जना, विद्यालय सर्वोत्कृष्ट १ जना र अन्य गरिव तथा जेहेन्दार विद्यार्थी २९ जना) तथा विभिन्न व्यक्तित्व र शिक्षकहरूलाई सम्मान गरिएको । कार्यक्रममा वाल क्लव त तथा विद्यार्थीहरुको वेजोड साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत भयो ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिव कुमार गिरीेले आफूले विद्यालयको निम्ति विगतको दिनमा पनि जिम्मेवार भएको र आगामी दिनमा पनि भैरहने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले, प्र.अ. को मागपत्र अनुरुप विद्यालयमा इन्टरनेट, व्यवस्थित विज्ञान प्रयोगशाला र दरबन्दी मिलानको क्रममा सम्भव भए शिक्षक दरबन्दी समेत दिलाइदिने कुरामा आश्वासन दिनुभयो ।
 ५६ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री देवेन्द्र बहादुर खाँणले भने सञ्चालन शिक्षक (सहायक प्र.अ.) श्री पशुपति पौडेलद्वारा भएको थियो ।

0 Comments

Famous Quotes: