सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

दिपावली २०७६ को अवसरमा खड्गकाली माविमा अन्तर सदनात्मक देउसी भेैलो प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
आज मिति २०७६ कार्तिक ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर स्याङ्जामा अन्तरसदनात्मक देउसी भैलो गीत प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा हरेक सदनबाट भैलो र देउसीरे गीत तर्फ एक एक समूह रहने गरि प्रतियोगीहरु सहभागीता भएका थिए । निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु शिव गिरी, गोमा सारु र बिकास गुरुङ थिए ।
परम्परागत रुपमा चलिआएको र विशेष महत्त्व बोकेको यस उल्लासमय चाडमा सबैजना जुटेर शुभकामना आदानप्रदान गर्दै भक्तिभावले मनाउनुपर्ने भाव व्यक्त गर्दै हरेक सदनले आ-आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
प्रतियोगितामा रारा सदन प्रथम हुन सफल भएका छन् । द्वितीय हुन सफल सदनमा फेवा रहेका रहेका छन् । त्यसैगरी बेगनास सदन तृतीय भएका छन भने तिलिचो सदन सान्त्वना भएका छन ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएको विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा प्रतियोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता प्रतिभाहरु प्रस्फुटन हुने कार्यक्रमहरुमा निरन्तर रुपमा सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक र सहभागी बाहेकका विद्यार्थीहरुले पनि गायन प्रस्तुति दिएर कार्यक्रमको रौनक अझ बढाएको थियो । वालक्लवको उपाध्यक्ष बिर बहादुर गुरुङको अध्यक्ष्यतामा प्रारम्भ भएको उक्त कार्यक्रम कक्षा ८ का छात्र एवम् बाल क्लवका सचिव सुवास बहादुर पौडेलद्वारा सञ्चालन भएको थियो ।

0 Comments

Famous Quotes: