सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७६ को त्रैमासिक परिक्षाको नतिजा प्रकाशित

खड्गकाली माविमा २०७६ को त्रैमासिक परिक्षाको नतिजा प्रकाशित
खड्गकाली मावि चापाकोट-४, स्याङ्जामा मिति २०७६ असोज ७ गते शैक्षिक सत्र २०७६ को त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
चापाकोट नगरपालिका भरिका सामुदायिक विद्यालयहरुमा एकरुपता हुने गरि भाद्र २४ गतेदेखि लिएको त्रैमासिक परीक्षा असोज १ गतेसम्म संचालन भएको थियो । सम्बन्धित बिषयका शिक्षकहरुबाट उत्तर पुस्तिका परिक्षण भैसकेपछि विद्यार्थीहरुमा प्रगतिशील आयाम र आत्मसमालोचनात्मक भावनाको विकास गराउनको निम्ति यथाशिघ्र नतिजा परिक्षाफल प्रकाशन गरिएको हो ।
चापाकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष एवम् चापाकोट शिक्षा समितिका सदस्य विक्रम सारु प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो हुनुहुन्थ्यो ।  कार्यक्रममा विद्यालयका शिक्षक तुलसी सारुले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । साथै; विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक सबैको समान जिम्मेवारी हुने कुरा उहाँले प्रस्ट्याउनुभयो । त्यसैगरी, विद्यालयमा विद्यार्थीको शैक्षिक स्तरको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्ततीको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्दै शिक्षक गोकर्ण जिसीले आफ्नो मनतव्य व्यक्त गर्नुभयो । एवम् रितले, विद्यालयको शिक्षक जगदीश यादवले अंकन प्रणालीद्वारा विद्यार्थीको शैक्षिक उपलब्धि मापन गरिने परीक्षा मात्र एक स्तर निर्धारणको साधनको रुपमा लिन नहुने र विद्यार्थीको समग्र गुणात्मक परिपक्वता पनि शैक्षिक उपलब्धि रहेको बताउँदै आफ्नो मनतव्य दिनुभयो । कार्यक्रमको केन्द्रबिन्दु अर्थात् प्रमुख अतिथि विक्रम सारुले विद्यालयको जुनसुकै क्षेत्रमा आफू तन मनले लागिरहेको कुरा प्रस्तुत गर्नुभयो । उहाँले हिजोका दिनहरुमाझै विद्यालयको हितको लागि जुनसुकै बखत योगदानको निम्ति तयार रहेको प्रतिवद्वता जाहेर गर्नुभयो । 
कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७५/७६ सालको हालसम्मको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्वहरु, राजनितीक दलका पदाधिकारीहरु, व्यावस्थापन समितिका सदस्यहरु, टोल शिक्षा समितिका सदस्यहरु, बाल क्लव, रेडक्रस, विद्यालयका संस्थापक सदस्यहरु, विद्यार्थीहरु, अभिभावकहरु एवं अन्य अतिथिहरुको बेजोड उपस्थित रहेको थियो ।
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिँदै अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । उहाँले शिक्षालाई पनि एउटा लगानीको रुपमा लिनुपर्ने र भौतिक पक्षको मात्र विकासले शैक्षिक गुणस्तर वृद्वि नहुने लगायत शिक्षकको शैक्षणिक गुणस्तर एवम् व्यवस्थानको पक्षलाई समय समयमा झक्झकाएर सुझाव सल्लाह एवम् नयाँ आयमको निम्ति समग्र पक्षलाई सजक बनाउनुपर्ने कुरामा जोड दिनुभयो । 
नतिजा प्रकाशनको क्रममा कक्षा नर्सरीदेखी कक्षा दस सम्म सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । समाहरोहमा आफ्नो १२ औं बार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित विद्यार्थी छात्रवृत्ति वितरण योजनामा कक्षा १० का जेहेन्दार छात्र शिशिर गुरुङलाई सनराइज बैँक, वालिङ शाखाका व्यवस्थापक ध्रुब लम्सालले रु. पाँच हजारको चेक हस्तान्तरण गर्नुभयो । 
उक्त परिक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम समारोह खड्गकाली विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खाँणको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा उहाँले अभिभावकहरुलाई विद्यालयमा बेलाबखत उपस्थित भई शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया भयो । 

0 Comments

Famous Quotes: