सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मावि मा अर्धवार्षिक परिक्षा २०७५ को परिक्षाफल प्रकाशन

परिक्षाफल प्रकाशन समारोहको समुद्घाटन सत्रमा दियो प्रज्व्लन गर्दै प्रमुख अतिथि - बिक्रम सारु
परिक्षाफल प्रकाशन समारोहको समुद्घाटन सत्रमा दियो प्रज्व्लन गर्दै प्रमुख अतिथि - बिक्रम सारु
खड्गकाली मावि चापाकोट-४, स्याङ्जामा मिति २०७५ पुस १३ गते शैक्षिक सत्र २०७५ को अर्धवार्षिक परिक्षाको परिक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

चापाकोट नगरपालिका भरिका सामुदायिक विद्यालयहरुमा एकरुपता हुने गरि असोज १९ गतेदेखि लिएको परीक्षा मंसिर २८ गतेसम्म संचालन भएको थियो । सम्बन्धित बिषयका शिक्षकहरुबाट उत्तर पुस्तिका जाँच भैसकेपछि विद्यार्थीहरुमा आत्मसमालोचनात्मक भावनाको विकास गराउनको निम्ति यथाशिघ्र नतिजा प्रकाशन गर्ने भन्ने योजना भएकाले चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार परिक्षाफल प्रकाशन गरिएको हो ।
खड्गकाली मावि प्राङ्गणमा अभिभावक तथा विद्यार्थीहरु
अर्धवार्षिक परिक्षा २०७५ को परिक्षाफल प्रकाशनको क्रममा खड्गकाली मावि प्राङ्गणमा अभिभावक तथा विद्यार्थीहरु
नतिजा प्रकाशन समारोह खड्गकाली मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खाँणको अध्यक्ष्यतामा सम्पन्न भयो । चापाकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष एवम् चापाकोट शिक्षा समितिका सदस्य विक्रम सारु प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो भने चापाकोट नगरपालिकाकै स्रोत व्याक्ति (R.P) विष्णु अर्याल विशिष्ट अतिथीको रुपमा हुनुहुन्थ्यो । समाहरोहमा विभिन्न संघ संस्थाका व्याक्तित्वहरु, राजनितीक दलका पदाधिकारीहरु, विद्यार्थीहरु, अभिभावकहरु, व्यावस्थापन समितिका सदस्यहरु, टोल शिक्षा समितिका सदस्यहरु, बाल क्लव, रेडक्रस र संस्थापक सदस्य एवं अन्य अतिथिहरुको बेजोड उपस्थित रहेको थियो ।
खड्गकाली मावि प्राङ्गणमा अभिभावक तथा विद्यार्थीहरु
खड्गकाली मावि प्राङ्गणमा अभिभावक तथा विद्यार्थीहरु
नतिजा प्रकाशन समारोहको उद्घोषक विद्यालयका शिक्षक पशुपति पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा विद्यालयका शिक्षक दुर्गा सारुले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । त्यसैगरी, विद्यालयमा विद्यार्थीको शैक्षिक स्तरको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्ततीको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्दै शिक्षक शिव परियारले आफ्नो मनतव्य व्यक्त गर्नुभयो । कार्यक्रमको केन्द्रबिन्दु अर्थात् प्रमुख अतिथि विक्रम सारुले विद्यालयको जुनसुकै क्षेत्रमा आफू तन मनले लागिरहेको कुरा प्रस्तुत गर्नुभयो । उहाँले शैक्षिक गुणस्तरको निम्ति एउटा शिक्षक दरबन्दी उपलब्ध गराउँदा पनि विशेष कारणवश शिक्षक विद्यालयमा उपस्थिति जनाउन नसकेकोले क्षमायाचन गर्नुभयो । उहाँले आगामी दिनमा शिक्षक दरबन्दीको निम्ति अझ धेरे पहल गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो । एवम् रितले, विद्यालयको शिक्षक जगदीश यादवले अंकन प्रणालीद्वारा विद्यार्थीको शैक्षिक उपलब्धि मापन गरिने परीक्षा मात्र एक स्तर निर्धारणको साधनको रुपमा लिन नहुने र विद्यार्थीको समग्र गुणात्मक परिपक्वता पनि शैक्षिक उपलब्धि रहेको बताउँदै आफ्नो मनतव्य दिनुभयो । त्यसैगरी, शिक्षक गोकर्ण जिसीले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक सबैको समान जिम्मेवारी हुने कुरा बताउनुभयो । उहाँले शिक्षालाई पनि एउटा लगानीको रुपमा लिनुपर्ने र भौतिक पक्षको मात्र विकासले शैक्षिक गुणस्तर वृद्वि नहुने लगायत शिक्षकको शैक्षणिक गुणस्तर एवम् व्यवस्थानको पक्षलाई समय समयमा झक्झकाएर सुझाव सल्लाह एवम् नयाँ आयमको निम्ति समग्र पक्षलाई सजक बनाउनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी पूर्व विव्यस खिम बहादुर खाण र सम्मर बहादुर शाहीले पनि आआफ्नो मनतव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७५ सालको हालसम्मको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । कार्यक्रममा विद्यार्थी तर्फ छात्र सौरव अर्यालले विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला र सर्वसुलभ इन्टरनेट सेवाको अभावमा विद्यार्थीहरु जति मात्रामा विज्ञान र प्रविधिसंग नजिक भएर ज्ञान आर्जन गर्नुपर्ने हो, त्यसबाट बञ्चित बन्नु परेकोले व्यवस्थापन पक्षलाई त्यतातिर ध्यान केन्द्रीत गर्न सुधाव दिए । साथै, छात्रा तर्फ धनु सिन्जालीले विद्यालयमा गरिने पठनपाठनले मात्र शैक्षिक आपूर्तीको मापदण्ड पूरा गर्न नसक्ने भएकाले घरमा पनि विद्यार्थीको निम्ति स्वअध्यनको राम्रो वातावरण सिर्जना गर्नुपर्ने राय प्रस्तुत गरे । 
LB Khand Giving Speech at Half Early Exam 2075
परिक्षाफल प्रकाशन समारोहमा प्र.अ. लेस बहादुर खाँण
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिँदै अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । साथै, विद्यालयको व्यवस्थापन पक्षमा सुधार गर्दै लैजाने कुरामा आश्वासन दिनुभयो । उहाँले चापाकोट नगरपालिकाबाट भौतिक सुधारको लागि रु. दस लाख प्राप्त भएको र भुकम्प पुनर्निर्माण योजनाबाट चारकोठे भवन निर्माणको लागि रु. सत्तरी लाख बराबरको बजेट बिनियोजन भएको र योजना अवधी भित्रै निर्माण सम्पन्न गराउने र सबैलाई चासो देखाउन अनुरोध गर्नुभयो ।  

नतिजा प्रकाशनको क्रममा कक्षा नर्सरीदेखी कक्षा दस सम्म सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । साथै, अनुशासन, सरसफाइ र तहगत विशिष्ट श्रेणी हाँसिल गर्न सफल समेतलाई पुरस्कार वितरण गरियो । 
Bishnu Aryal
परिक्षाफल प्रकाशन समारोहका विशिष्ट अतिथी - बिष्णु अर्याल
विशिष्ट अतिथीको रुपमा रहनुभएको चापाकोट नगरपालिकाको स्रोत व्याक्ति विष्णु अर्यालले विद्यालयको परीक्षा नतिजाको विश्लेषण गर्दै सन्तोषजनक रहेको र आगामी दिनमा अझ धेरै राम्रो नतिजा निकाल्नको लागि शुभकामना दिनुभयो । उहाँले वर्तमान समयमा शिक्षा निति तथा ऐन कानुनमा भएको संसोधनहरुको बारेमा प्रस्टयाउँदै विद्यार्थीहरुले परिक्षामा अनुतिर्ण गरेपनि उसको आनीबानि र व्याक्तित्वमा आउने सबल परिवर्तन तथा निखारपन पनि उसको सफलता भएकाले परिक्षामा अनुतिर्ण विद्यार्थीलाई हतोत्साहित नगर्न आग्रह गर्नुभयो । विद्यार्थीलाई कक्षामा पठनपाठन गर्दा शिक्षक केन्द्रीत तथा व्याख्या विधि नअपनाई कृयाकलाप विधी अपनाएर अतिरक्त कृयापकलापमा समेत पाठ्यक्रममा समावेश भएका विषयवस्तुहरु समेटेर विद्यार्थीहरुको सिकाईमा आमूल परिवर्तन ल्याउन सकिने कुराहरु प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयको विविध कार्यकलाप, विद्यालय सुधार योजना लगायत अन्य प्रशासनिक पक्षहरु उदाहरणिय र प्रशंसायोग्य रहेको दाबि गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको विव्यसका अध्यक्ष देवेन्द्र खाँणले अभिभावकहरुलाई आफ्नो छोराछोरीहरुलाई वाहिरी आवरण राम्रो बनाउनुभन्दा गुणवान् तथा बुद्धिजीवी बनाउनुपर्ने कुरा बताउँदै विद्यालयमा नियमित उपस्थित भई आफ्नो विद्यार्थीहरुको शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया भयो ।

0 Comments

Famous Quotes: