सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

माध्यमिक शिक्षा परिक्षा २०७४ को ग्रेड वृद्धि पूरक परीक्षाको फाराम सम्बन्धि सूचना

विद्यार्थी भाईबहिनी तथा अभिभावक ज्यूहरु,
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौरको माध्यमिक शिक्षा परीक्षा २०७४ (SEE-2074) मा सैद्धान्तिक तर्फ कम ग्रेड (C, D+, D र E) प्राप्त गरेको विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुको लागि  ग्रेड वृद्धि पूरक परीक्षा २०७५ साउन २३ गतेबाट  सञ्चालन हुने भएकोले ग्रेड वृद्धि पूरक परीक्षाको लागि फाराम भर्न विद्यालयमा तुरुन्त सम्पर्क राख्नुहुन यो सूचना जारी गरिन्छ ।

#आवश्यक कागजातहरु:

१. दुई प्रति पासपोर्ट साइजको फोटो ।
२. SEE-2074 को प्रवेश-पत्र ।
३. आवेदन फाराम । (विद्यालयले उपलब्ध गराउने छ)
पुनश्च: फाराम भर्ने अन्तिम मिति असार २३ गतेसम्म । थप जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नुहोला । सहयोग तथा सोधपुछको लागि सम्पर्क नं ९८०४१७६२८४ र ९८०५८७०८०१
                                                 प्र.अ.
                                         लेस बहादुर खााँण
                                       श्री खड्गकाली मा.वि.

0 Comments

Famous Quotes: