सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

हाजिरीजवाफ प्रतियोगितामा पुरस्कार ग्रहण गर्दै - सौरभ अर्याल
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौरमा खड्गकाली बालक्लवको आयोजनामा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता आज मिति २०७५ जेठ १८ गते शुक्रबार सु-सम्पन्न भएको छ । जसमा सगरमाथा सदनबाट कक्षा १० को छात्र सौरभ अर्याल पक्षबाट र कक्षा ९ को छात्रा सुजिना पौडेल  विपक्षबाट प्रथम हुन सफल भएको छ । त्यस्तै, कञ्चनजंघा सदनका पक्षबाट कक्षा १० का छात्रा शर्मिला शाल्मी र विपक्षबाट कक्षा ९ को छात्र अमृत सारु द्वितीय हुन सफल भएका छन । तृतीय हुनेमा धौलागिरी सदनको पक्षबाट कक्षा १० का छात्रा खिम मायाँ गुरुङ र विपक्षबाट कक्षा ९ का छात्र मनिस पंगेनी रहेका छन भने, माछापुच्छ्रे सदनबाट कक्षा १० का छात्रा दिवस रनपालले पक्षबाट र कक्षा ९ का छात्र धनु सिंजालीले विपक्षबाट सान्त्वना स्थान हासिल गर्न सफल भएका छन ।
कार्यक्रममा वि.व्य.स.का अध्यक्ष श्री देवेन्द्र खाँणले विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्नुभयो । कार्यक्रम वालक्लवका अध्यक्ष प्रिया गुरुङ्को अध्यक्षतामा र सञ्चालन क्लवका सचिव अञ्जना पौडेलले गरेको थियो ।

0 Comments

Famous Quotes: