सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

शेैक्षिक सत्र २०७५ को लागि भर्ना खुल्यो

आदरणीय अभिभावक, विद्यार्थी तथा शुभ चिन्तकहरुमा
नमस्कार!

बिगत ५५ वर्ष देखि विशुद्द शैक्षिक विकासमा समर्पित यस श्री खड्गकाली माध्यमिक विद्यालयले गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा निःशुल्क एवम् सर्व सुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक बिद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, प्रयाप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल नयाँ शैक्षिक सत्रमा भर्ना खुलाएको कुरा सम्पूर्ण अभिभावक तथा शुभ-चिन्तकहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं। बालविकास (शिशु) कक्षाको लागि विशेष कक्षा लगायत अन्य कक्षा (कक्षा १ देखि दस सम्म) मा प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालयमा भर्ना भई सिट सुरक्षित गर्नुहोला ।

भर्ना तथा कक्षा संचालन सम्बन्धि विस्तृत जानकारी कार्यालय समय भित्र बिद्यालयमा सम्पर्क राखी पाउन सकिनेछ थप जानकारीको लागि हाम्रो आधिकारिक वेवसाइट www.khadgakali.edu.np मा लग इन गर्नुहोला ।

सम्पर्क ठेगाना
श्री खड्गकाली मा. वि.
चापाकोट न. पा. – ४, स्याङ्जा
फोन नं : +977 61-690975
मोबाइल नं : 980-4176284

0 Comments

Famous Quotes: