2024-05-06

खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन

खड्गकाली मा.वि. मा ६१ औं वार्षिकोत्सबको पहिलो दिन विभिन्न खेलकुद कार्यक्रम सञ्चालन

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ बैशाख २४ गते ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरु सञ्चालन भएको छ ।
खेलकुदहरुमा अन्तर-सदनात्मक छात्र (पुरुष) भलिवल, चम्चा-गुच्छा दौड, हिसाब दौड, सम्झना खेल र भित्र-बाहिर खेल सञ्चालन भएको थियो । अन्तर-सदनात्मक छात्र भलिवल प्रतियोगितामा कञ्चनगंघा सदन प्रथम भएका छन् । द्वितीय अन्नपूर्ण सदन भएका रहेका छन् भने तृतीय र चतुर्थ हुन सफल सदनहरु क्रमशः सगरमाथा र मनास्लु रहेका छन् ।
कञ्चनजंघा सदनबाट खेलाडीहरु हर्षित सारु (टिम क्याप्टेन), निरज गुरुङ, संगम गुरुङ, बिकास गुरुङ, अस्मित सारु, कृष्णा खाँण, विवश गुरुङ र निशान खाँण रहेका थिए । अन्नपूर्ण सदनका खेलाडीहरुमा दिवान रनपाल (टिम क्याप्टेन), रोहन पुलामी, सोनाम थापा, रोशन क्षेत्री, रोहित पुलामी, दिपसन सारु, अनिस क्षेत्री र नारायण मल्ल रहेका थिए । सगरमाथा सदनबाट विवेक सारु (टिम क्याप्टेन), निश्चल बि.सी., डिम्पल गुरुङ, रिजन क्षेत्री, एलोन गुरुङ, इन्द्र बहादुर थापा, संगम बि.सी. र हिरा थापा रहेका थिए भने; मनास्लु सदनबाट बिष्णु मल्ल, सम्राट सिहं, राज मगर, टेक बहादुर गुरुङ, सुशील खाँण, लोक बहादुर थापा, दिनेश गुरुङ र सहिल सारु रहेका थिए ।
कक्षा १-५ का विद्यार्थीहरु बिच सञ्चालन भएको चम्चा गुच्छा दौड प्रतियोगितामा कक्षा ५ को छात्र प्रथम प्रशान्त रुचाल र द्वितीय कक्षा ५ को छात्र उज्ज्वल खाँण भएका छन् । त्यसैगरी, कक्षा ४-५ को हिसाब दौडमा कक्षा ५ का छात्रा संस्कृति सारू विजयी भएका छन् । कक्षा १-३ को हिसाब दौड प्रतियोगितामा कक्षा ३ का छात्रहरु सजिता कुँवर प्रथम, सुबर्ण थापा द्वितीय र डिनिशा थापा तृतीय भएका छन् ।
सम्झना खेल अन्तर्गत कक्षा ४-५ बाट अत्याधिक शब्दहरु स्मरण गरि प्रथम हुन सफल कक्षा ५ की छात्रा संस्कृति सारू र द्वितीयअप्सन सुवेदी रहेका छन् । त्यससँगै, कक्षा १-५ का विद्यार्थीहरुबिच सञ्चालन भएको भित्र बाहिर खेलमा प्रथम कक्षा ५ की छात्रा संस्कृति सारू र द्वितीय एन्जिला थापा तथा कक्षा ६-८ का विद्यार्थीहरुबाट प्रथम सालनी खाँण र द्वितीय प्रशन्न खाँण भएका छन् ।
प्रतियोगितामा बिजयी सम्पूर्ण छात्र छात्राहरुलाई भोलि ६१ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा पुरस्कृत गरिने छ ।
६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रममा निमन्त्रणा

६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रममा निमन्त्रणा

सादर निमन्त्रणा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, चन्दादाता, राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारी, पत्रकारहरु लगायत सम्पुर्ण महानुभावहरुलाई सादर निमन्त्रणा गरिन्छ । विद्यालयबाट पत्र नपाएको भएमा यसै सूचनालाई आधिकारिक मानि कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध छ ।

  • मितिः २०८१ वैशाख २५ गते, मंगलबार
  • समयः ११ः०० बजे
  • स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण

कार्यक्रमहरु:

  • पुरस्कार वितरण कार्यक्रम
  • छात्रवृत्ति वितरण कार्यक्रम
  • सम्मान कार्यक्रम
  • खेलकुद तथा सांस्कृतिक कार्यक्रम


2024-04-30

२०८१ वैशाख १८ गते बसेको वि.व्य.स. बैठकको केही तस्बिरहरू

२०८१ वैशाख १८ गते बसेको वि.व्य.स. बैठकको केही तस्बिरहरू

आज मिति २०८१ वैशाख १८ गते मंगलबार श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा बसेको विद्यालय व्यवस्थापन समिति बैठकको केही तस्बिरहरू ❤️

अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ बैशाख १९ गते बुधबार (May 1) को दिन अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2024-04-26

शैक्षिक सत्र २०८१ को विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समिति गठन कार्यक्रमको तस्बिरहरू

शैक्षिक सत्र २०८१ को विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समिति गठन कार्यक्रमको तस्बिरहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ वैशाख १४ गते शुक्रबार निम्नानुसार विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्री समिति गठन गर्ने क्रममा लिइएको केही तस्बिरहरू ❤️

खड्गकाली मा.वि. मा नव निर्वाचित विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समितिहरू

खड्गकाली मा.वि. मा नव निर्वाचित विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्रीका समितिहरू

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा आज मिति २०८१ वैशाख १४ गते शुक्रबार निम्नानुसार विद्यार्थी सदन, रेडक्रस, बाल क्लव र बालिका मैत्री समिति गठन भएको छ ।

सदनका टोली नेता/उपनेताहरू

१. कञ्चनजंघा सदन

* कक्षा ६-१० तर्फ

- नेता: एन्जिता खाँण (कक्षा १०)

- उपनेता: हर्षित सारू (कक्षा ९)

* कक्षा १-५ तर्फ

- नेता: नमन खाँण (कक्षा ५)

- उपनेता: सीमा क्षेत्री (कक्षा ४)

२. मनास्लु सदन

* कक्षा ६-१० तर्फ

- नेता: अप्सरा थापा (कक्षा ९)

- उपनेता: करिना खाँण (कक्षा १०)

* कक्षा १-५ तर्फ

- नेता: संस्कृती सारू (कक्षा ५)

- उपनेता: राहुल गिरी (कक्षा ४)

३. सगरमाथा सदन

* कक्षा ६-१० तर्फ

- नेता: आषिका खाँण (कक्षा १०)

- उपनेता: संगम के.सी. (कक्षा ९)

* कक्षा १-५ तर्फ

- नेता: सजित कुँवर (कक्षा ५)

- उपनेता: रोशनी थापा (कक्षा ४)

४. अन्नपूर्ण सदन

* कक्षा ६-१० तर्फ

- नेता: स्मृति बि.सी. (कक्षा १०)

- उपनेता: दिवान रनपाल (कक्षा ९)

* कक्षा १-५ तर्फ

- नेता: अप्सन सुवेदी (कक्षा ५)

- उपनेता: अस्मिता कुँवर (कक्षा ४)

रेडक्रसको पदाधिकारीहरू

- अध्यक्ष: पुजा गुरुङ (कक्षा ९)

- उपाध्यक्ष: एलिजा राना (कक्षा ९)

- सचिव: इस्मी मल्ल (कक्षा ८)

- उपसचिव: अस्मिता पौडेल (कक्षा ६)

- कोषाध्यक्ष: केशब खाँण (कक्षा १०)

- उपकोषाध्यक्ष: अप्सना खाँण (कक्षा ९)

- सदस्यहरु: विशुम खाँण (कक्षा ६), रिजन क्षेत्री (कक्षा ६), बिनोद खाँण (कक्षा ६), सदिक्षा कुँवर (कक्षा ६), रोशन क्षेत्री (कक्षा ९), अन्जिता खाँण (कक्षा ८), निकिता खाँण (कक्षा १०)

बालिका मैत्रीको पदाधिकारीहरू

- अध्यक्ष: स्मृति बि.सी. (कक्षा १०)

- उपाध्यक्ष: पुजा गुरुङ (कक्षा ९)

- सचिव: हिमानी खाँण (कक्षा ९)

- सलिना के.सी. (कक्षा ७)

- सदस्य: एलिजा राना (कक्षा ९), कमला बि.क. (कक्षा ७), अप्सना खाँण (कक्षा ९), कल्पना कुँवर (कक्षा ७), बिशुम खाँण (कक्षा ७), आशिका खाँण (कक्षा १०), अप्सरा थापा (कक्षा ९)

बाल क्लबको पदाधिकारीहरू

- अध्यक्ष: परी क्षेत्री (कक्षा ८)

- उपाध्यक्ष: आयुस्मा क्षेत्री (कक्षा ८)

- सचिव: इस्मी मल्ल (कक्षा ८)

- कोषाध्यक्ष: सालनी खाँण (कक्षा ६)

- सदस्य: बिशुम खाँण (कक्षा ६), सदिक्षा कुँवर (कक्षा ६), साया गुरुङ (कक्षा कक्षा ७), मेलिना हिताङ (कक्षा ७), सम्राट सिंह (कक्षा ७), प्रशन्न खाँण (कक्षा ६), गौरव खाँण (कक्षा ७), बिनोद खाँण (कक्षा ७)

- सल्लाहकार: संगम के.सी. (कक्षा ९), एन्जिता खाँण (कक्षा १०)

2024-04-23

कक्षा १ देखि १० सम्मको सम्पूर्ण विषयहरुको पाठ्यपुस्तक डाउनलोड

कक्षा १ देखि १० सम्मको सम्पूर्ण विषयहरुको पाठ्यपुस्तक डाउनलोड

पाठ्यक्रम विकास केन्द्रद्वारा तयार पारिएको कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकहरू तलका लिङ्कबाट डाउनलोड गर्नुहोस् ।

नेपाल सरकारको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक डाउनलोड सूची (कक्षा १–१०)

तल दिइएका कक्षाहरूमा क्लिक गरी आवश्यक पाठ्यपुस्तकहरू PDF ढाँचामा डाउनलोड गर्न सक्नुहुन्छ।

नेपाल सरकारको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक डाउनलोड सूची (कक्षा १–१०)

तल दिइएका कक्षाहरूमा क्लिक गरी आवश्यक पाठ्यपुस्तकहरू PDF ढाँचामा डाउनलोड गर्न सक्नुहुन्छ।

कक्षा १ (Grade 1)
कक्षा २ (Grade 2)
कक्षा ३ (Grade 3)
कक्षा ४ (Grade 4)
कक्षा ५ (Grade 5)
कक्षा ६ (Grade 6)
कक्षा ७ (Grade 7)
कक्षा ८ (Grade 8)
कक्षा ९ (Grade 9)
कक्षा १० (Grade 10)
यदि तपाईंलाई थप पाठ्यपुस्तकहरू आवश्यक परेमा, कृपया हाम्रो डाउनलोड पृष्ठमा जानुहोस्।

2024-04-22

मित्रराष्ट्र कतारका अमिर मौसूफद्वारा नेपाल राजकीय भ्रमणको अवसरमा बिदा सम्बन्धमा सूचना

मित्रराष्ट्र कतारका अमिर मौसूफद्वारा नेपाल राजकीय भ्रमणको अवसरमा बिदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा मिति २०८१ वैशाख ११ गते मंगलबार मित्रराष्ट्र कतारका अमिर मौसूफ ‘शेख तमिम विन हमाद अल थानी’ ज्यूद्वारा नेपालको राजकीय भ्रमण हुने र सोही अवसरमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकबाट नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा यस श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जामा सम्पूर्ण पठनपाठन बन्द हुने सूचना सम्बन्धित सबैमा सम्प्रेषण गरिन्छ ।

पुनश्चः १२ गते बुधबार नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
अपडेट
लोडिङ हुंदै छ...