प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, चन्दादाता, राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारी, पत्रकारहरु लगायत सम्पुर्ण महानुभावहरुलाई सादर निमन्त्रणा गरिन्छ । विद्यालयबाट पत्र नपाएको भएमा यसै सूचनालाई आधिकारिक मानि कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध छ ।
- मितिः २०८१ वैशाख २५ गते, मंगलबार
- समयः ११ः०० बजे
- स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण
कार्यक्रमहरु:
- पुरस्कार वितरण कार्यक्रम
- छात्रवृत्ति वितरण कार्यक्रम
- सम्मान कार्यक्रम
- खेलकुद तथा सांस्कृतिक कार्यक्रम
0 Comments