9/24/2025

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना


9/18/2025

असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने

असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने

चापाकोट नगरपालिकाको मिति २०८२/०६/०२ गतेको निर्णय बमोजिम असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा पनि नियमित रुपमा विद्यालयको पठनपाठन सञ्चालन हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।

9/16/2025

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मिति २०८२ असोज १ गते बुधबार Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक मनाउने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

8/27/2025

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं.४ स्थित श्री खड्गकाली माध्यमिक (१–१०) विद्यालयमा मिति २०८२/०६/११ गते देखि रिक्त हुने प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा सरुवा प्रक्रिया अगाडि बढाइने भनी विद्यालयको च.नं. ४ मिति २०८२/०५/१२ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा योग्यता पुगेको स्थायी शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको सहमती सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को दफा १ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। 
पुनश्चः 
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना khadgakalischool@gmail.com मार्फत निवेदन पेश गर्न सकिने छ। 
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारबाही हुने छैन।



8/24/2025

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, स्याङ्जामा भोली मिति २०८२ भाद्र ०९ गते सोमबार स्थानिय विदा राखिएकोले विद्यालयको नियमित पठनपाठन कार्य बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।
पुनश्च : मिति २०८२ भाद्र १० गते हरितालिका तीजको अवसरमा महिला विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

8/13/2025

प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा

प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरको प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८२ साउन २९ गते विहिबार
समयः ११ः०० बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण

7/09/2025

मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)

मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)


प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८२/०२/११, च.नं. १८०५ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८२/०२/११ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील

विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)

पद संख्या: १

पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

विषय: गणित

योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८२/०३/३१ (४ बजेभित्र)

सम्पर्क मिति: २०८२/०३/३१  

 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्तको लागि


7/04/2025

२०८२ को  वर्षे विदा सम्बन्धमा सूचना ।

२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक वर्ष २०८२ को वर्षे विदा मिति २०८२/०३/२२ गतेदेखि २०८२/०४/१६ गतेसम्म हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । 

पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ । 

अपडेट
लोडिङ हुँदै छ...