2026-11-19

हरिबोधनी एकादशीको अवसरमा विदा सम्बन्धमा सूचना ।

हरिबोधनी एकादशीको अवसरमा विदा सम्बन्धमा सूचना ।

हरिबोधनी एकादशीको अवसरमा विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८३ मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

2026-11-08

तिहार, छठ पर्व तथा स्थानीय बिदा सम्बन्धमा सूचना ।

तिहार, छठ पर्व तथा स्थानीय बिदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८३ कार्तिक २२ गतेदेखि कार्तिक ३० गतेसम्म तपसिल बमोजिम बिदा हुने व्यहोरा सम्बन्धित सबैलाई यो सूचना जारी गरिन्छ ।

  • कार्तिक २२ देखि २६ गतेसम्म तिहार तथा दिपावलीको अवसरमा विदा
  • २७ गते पटके स्थानीय विदा
  • २९ गते छठ पर्वको अवसरमा विदा
  • ३० गते पटके स्थानीय विदा

पुनश्चः बिदा पश्चात् मंसिर १ गते मंगलबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।

साथै, हिन्दूहरूको महान् पर्व दिपावली २०८३, छठ पर्व र नेपाल संवत् को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।


2026-10-09

दशैँ बिदा सम्बन्धमा सूचना ।

दशैँ बिदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा हिन्दूहरूको महान् पर्व विजया दशमीको पावन अवसरमा यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८३ असोज २५ गतेदेखि कार्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म दशैँ बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिन्छ।

पुनश्चः बिदा पश्चात् कार्तिक ९ गते सोमबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।

साथै, हिन्दूहरूको महान् पर्व विजया दशमी २०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

2026-09-24

प्रतिकुल मौसमको पठनपाठन स्थगन (बन्द) रहने सम्बन्धमा सूचना ।

प्रतिकुल मौसमको पठनपाठन स्थगन (बन्द) रहने सम्बन्धमा सूचना ।

आदरणीय अभिभावकज्यू, शिक्षक-कर्मचारी वर्ग तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,​ हाल भइरहेको प्रतिकूल मौसम तथा लगातारको वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा र सहज आवागमनलाई मध्यनजर गर्दै आज मिति २०८३/०६/०८ गते बिहीबार विद्यालयको नियमित पठनपाठन स्थगन (बन्द) रहने व्यहोरा जानकारी गराइन्छ।

​सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रही अध्ययन-अध्यापन कार्य जारी राख्न तथा आदरणीय अभिभावकज्यूहरूले आफ्ना नानीबाबुहरूको सुरक्षामा विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

2026-09-07

जेन्जी (Gen-Z) सहिदहरुको सम्झनामा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

जेन्जी (Gen-Z) सहिदहरुको सम्झनामा सार्वजनिक विदा सम्बन्धमा सूचना ।


प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८३ भाद्र २३ गते मंगलबार जेन्जी (Gen-Z) सहिदहरुको सम्झनामा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः २४ गते यथावत समयमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।


2026-09-03

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा तपसिल अनुसार सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

तपसिल

  • मिति २०८३ भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व ।
  • मिति २०८३ भाद्र २० र २१ गते साप्ताहिक सार्वजनिक विदा ।

पुनश्चः २२ गते यथावत समयमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

2026-05-27

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

बकर ईद र गणतन्त्र दिवसको अवसरमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८३ जेठ १४ गते बकर ईद, १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते नियमित सार्वजनिक विदा रहेकोले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2026-02-26

राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धमा सूचना ।

राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको मिति २०८२/११/१३ को सूचना बमोजिम २०८२ फागुन १५ गते शुक्रबारका दिन राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिने सूचना जारी भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जामा सो दिन विदा रहने व्यहोरा जानकारी गरिन्छ ।

पुनश्च: राष्ट्रिय मगर दिवसको सुखद अवसरमा समस्त मगर समुदायका दाजुभाइ, दिदीबहिनी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नेपालको भाषा, संस्कृति र पहिचानको संरक्षणमा मगर समुदायले पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै यस विशेष दिनले आपसी सद्भाव, एकता र भ्रातृत्वको भावनालाई थप मजबुत बनाओस् भन्ने कामना गर्दछौँ । 

अपडेट
लोडिङ हुंदै छ...