खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रममा लिइएको केही तस्बिरहरू
नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ मा गरेको संशोधन बमोजिम उक्त ऐनको दफा १२ को उपदफा (१) को खण्ड (ग) मा भएको व्यवस्था खारेज भएको छ। सोही परिप्रेक्ष्यमा आज मिति २०८३ साल असार १४ गते बसेको आदरणीय अभिभावकज्यूहरूको आम भेलाद्वारा श्री खड्गकाली माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तपसील बमोजिम सर्वसम्मत रूपमा पुनर्गठन गरिएको जानकारी गराइन्छ।
१) अध्यक्ष: श्री राजेन्द्र बहादुर थापा (अभिभावकबाट)
२) सदस्य: श्रीमती याम कुमारी खाँण (अभिभावकबाट)
३) सदस्य: श्रीमती शर्मिला खाँण (अभिभावकबाट)
४) सदस्य: श्री सूर्य बहादुर वि. क. (अभिभावकबाट)
५) सदस्य: श्री मेख बहादुर गुरुङ (वडा प्रतिनिधि)
६) सदस्य: श्री पशुपति पौडेल (शिक्षक प्रतिनिधि)
७) सदस्य सचिव: श्री लेस बहादुर खाँण (प्रधानाध्यापक)
नवनिर्वाचित अध्यक्षज्यू लगायत सर्वसम्मत रूपमा चयन हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक बधाई ज्ञापन गर्दै यहाँहरूको कार्यकालमा विद्यालयले थप शैक्षिक उचाइ हासिल गर्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
साथै, विद्यालयको निवर्तमान कार्यसमितिका अध्यक्ष श्री तिलक बहादुर खाँण लगायत सदस्यहरू क्रमशः श्रीमती ईन्द्रा कुमारी खाँण, श्री नेत्र बहादुर थापा, श्री केशर बहादुर खाँण र श्रीमती देवी वि.क. ले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकास र प्रगतिका लागि पुर्याउनुभएको अतुलनीय योगदान, निरन्तर साथ र सहयोगको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै रचनात्मक सहयोग र मार्गनिर्देशनको अपेक्षा गर्दछौँ।
सामाग्रीको प्रकृति : सूचना फोटो ग्यालरी
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
















Post a Comment