रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।
स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं.४ स्थित श्री खड्गकाली माध्यमिक (१–१०) विद्यालयमा मिति २०८२/०६/११ गते देखि रिक्त हुने प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदमा सरुवा प्रक्रिया अगाडि बढाइने भनी विद्यालयको च.नं. ४ मिति २०८२/०५/१२ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तहमा योग्यता पुगेको स्थायी शिक्षकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र शिक्षा नियमावलीको अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको सहमती सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को दफा १ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
पुनश्चः
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना khadgakalischool@gmail.com मार्फत निवेदन
पेश गर्न सकिने छ।
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारबाही
हुने छैन।
सामाग्रीको प्रकृति : सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment