6/23/2025

मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (चौंथो पटक)

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८२/०२/११, च.नं. १८०५ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८२/०२/११ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट चौंथो पटक दरखास्त आह्वान गरिन्छ । 

तपसील
 विज्ञापन नं.: ५/०८१/०८२
 पद संख्या: १
 पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)
 तह: मा.वि.
 विषय: गणित
 योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण 
 उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
 तलव स्केल: नेपाल सरकारको नियमानुसार
 दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
- दरखास्त दिने अन्तिम मिति: २०८२/०३/१५ (४ बजेभित्र)
- सम्पर्क मिति: २०८२/०३/१५  

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
 १. निवेदन,
 २. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
 ३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 
 ४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...