मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (तेस्रो पटक)
प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८२/०२/११, च.नं. १८०५ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८२/०२/११ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट तेस्रो पटक दरखास्त आह्वान गरिन्छ ।तपसील
विज्ञापन नं.: ५/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
विषय: गणित
योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८२/०३/०८ (४ बजेभित्र)
सम्पर्क मिति: २०८२/०३/०८
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
सामाग्रीको प्रकृति : विज्ञापन सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment