विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा सूचना ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको तपसिल बमोजिमको विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति परेको हुँदा सम्बन्धित विद्यार्थी र विद्यार्थीका अभिभावकहरुले विद्यार्थीको नाममा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त बैंकमा खाता खोल्नुपर्ने भएकाले बैंक खाता खोल्ने प्रयोजनको निम्ति आवश्यक कागजातसहित मिति २०८२ जेठ १४ गते विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
आवश्यक कागजातहरु
- विद्यार्थीको जन्मदर्ता
- विद्यार्थीको २ प्रति पासपोर्ट साइज फोटो
- बावु र आमाको नागरिकता
- बावु र आमाको २ प्रति पासपोर्ट साइज फोटो
- बावु र आमाको राष्ट्रिय परिचयपत्र नंबर
- यदि बावु र आमा नभएमा संरक्षकको नाता प्रमाणित पत्र
थप जानकारीको लागि ९८१७१०६८४७ वा ९७६४८९१३६६ मा सम्पर्क गनुहोला ।
सामाग्रीको प्रकृति : सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment