2025-03-02

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक)

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (चौथो पटक) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/१८ गते  चौथो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह.: मा.वि.

विषय.: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/११/२५ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/११/२५ 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क: 

        ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष) 

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटको सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरु श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोल ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुंदै छ...