सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा कक्षा १-५ र ६-१० स्तरीय तहगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मिति २०८१ जेठ १८ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिका मैत्रीको आयोजनामा कक्षा १-५ र कक्षा ६-१० स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

तहगत रुपमा छुट्टाछुट्टै सञ्चालन भएको हाजिरीजवाफ प्रतियोगितामा कक्षा १-५ तर्फ प्रथम कञ्चनजंघा सदन, द्वितीय अन्नपूर्ण, तृतीय सगरमाथा र चुतुर्थ मनास्लु सदन भएका छन् । त्यसैगरी कक्षा ६-१० मा भने प्रथम कञ्चनजंघा सदन, द्वितीय मनास्लु सदन, तृतीय अन्नपूर्ण र चतुर्थ सगरमाथा सदन भएका छन् । कार्यक्रमको प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँण हुनुहुन्थ्यो । प्रतियोगिता सम्पन्न भएपश्चात विभिन्न स्थान हासिल गर्न सफल सम्पूर्ण प्रतियोगीहरुलाई सहायक प्रधानाध्यापक पशुपति पौडेल र राजेन्द्र बहादुर थापाले अबिर साथै प्रमुख अतिथीको रुपमा रहनुभएको लेस बहादुर खाँणले पुरस्कार हस्तान्तरण गर्नुभयो । 

बालिका मैत्रीको अध्यक्ष स्मृति बि.सी.को अध्यक्ष्यतामा सञ्चालन भएको औपचारिक कार्यक्रम सचिब हिमानी खाँणले सञ्चालन गरेका थिए ।


0 Comments

Famous Quotes: