सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा ६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०८१ वैशाख २५ गते ६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताकासाथ सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख श्री देव बहादुर खाँण (ईश्वर) रहनुभएको थियो । विशिष्ट अतिथिमा चापाकोट नगर उपप्रमुख ईशा राना, चापाकोट शिक्षा शाखा प्रमुख मनोज सिर्मल,जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य गिता खाँण एवं चापाकोट वडा नं-४, का पूर्व वडाध्यक्ष बिक्रम सारु रहनुभएको थियो । समारोहमा वडा नं.-४ सदस्य,  वि.ब्य.स. पूर्व अध्यक्ष, भू.पू. शिक्षक, विद्यालय संस्थापक, सल्लाहकार, चन्दादाता, अक्षयकोषदाता, राजनितीक दलका प्रतिनिधि, शिक्षक अभिभावक संघ, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्यक्तित्व, वर्तमान तथा भू.पू. विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थित रहेको थियो ।
कार्यक्रममा शिक्षक राजेन्द्र बहादुर थापाद्वारा स्वागत मन्तव्य व्यक्त भयो । विद्यालयका प्रधानाध्यापकले आ.व. २०८०/०८१ को सरकारी तथा आन्तरिक स्रोतको आय-व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले जनप्रतिनिधिहरु समक्ष आगामी शैक्षिक सत्रको निम्ति आधारभूत विद्यालयीय भौतिक तथा शैक्षिक पूर्वाधारहरुको संक्षिप्त मागपत्र समेत प्रस्तुत गर्नुभयो । विद्यालयको परीक्षा संयोजक शिक्षक जगदिशप्रसाद यादवले वर्तमान अवस्थाको भन्दा अब्बल खालको शैक्षिक उपलब्धि हासिल गर्ने गरि आगामी शैक्षिक सत्रलाई थप फलदायी बनाउने प्रतिबद्धता जाहेर गर्दै आफ्नो मनतब्य दिनुभयो । 
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएको नगर उपप्रमुख ईशा रानाले ६१ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यार्थी र विद्यालय परिवारलाई बधाई दिनुहुँदै आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा आफूहरुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एवम् रितले अन्य आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो । 
विद्यालय सर्वोत्कृष्ट पुरस्कार ग्रहण गर्दै वर्षा खाँण
BLE उत्कृष्ट पुरस्कार ग्रहण गर्दै अप्सरा थापा
कार्यक्रममा वार्षिक परीक्षा - २०८० को नतिजाको पुरस्कार वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषको ब्याज रु. ४० हजारबाट जनही रु. १०००/- का दरले २४ जनालाई छात्रवृत्ति वितरण, माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ को उत्कृष्ट २ जना छात्र र छात्राहरु संगमराज पंगेनी  र सन्ध्या अर्याललाई जनही नगद रु. ५०००/- र प्रमाणपत्र; आधारभूत तह परीक्षा (BLE) २०८० को विद्यालय उत्कृष्ट अप्सरा थापालाई नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र तथा २०८० को बार्षिक परीक्षामा सर्बोत्कृष्ट अंक ल्याई विद्यालय प्रथम हुन सफल छात्रा वर्षा खाँणलाई पनि नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गरियो । माध्यमिक तह परीक्षा २०७९ को नेपाली विषयमा उत्कृष्ट जि.पि.ए. ल्याएकोले  विद्यार्थीहरु सबिना खाँण, कृष्ण क्षेत्री र अप्सरा बि.क. लाई महेन्द्र मा.वि., दिसिङकोटबाट निर्मलटुका अक्षयकोषको छात्रवृत्ति जनही रु. १,०००/- दरले प्रदान गर्नुभएको पुरस्कार  हस्तान्तरण गरियो ।
उत्कृष्ट अभिभावक पुरस्कार ग्रहण गर्दै इन्द्रा खाँण
त्यसैगरी, उत्कृष्ट अभिभावकको रुपमा चापाकोट-४, तल्लो घुर्लिचौर निवासी पूर्व वि.व्य.स. सदस्य  तथा वडा नं. ४ पूर्व वडा सदस्य इन्द्रा खाँण र चापाकोट-४, डुण्डाँडा (हाल पोखरा) निवासी शिवराज मल्ल सम्मानित हुनुभयो । 
आफ्नो दिवंगत पति/पिता/ससुरा चित्र बहादुर शाहीको स्मृतीमा विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि रु. दुई लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएकोले चापाकोट-४, घुर्लिचौर (हाल यु.के.) निवासी श्री शिव कुमारी शाही, दिपेन्द्रध्वज शाही र मिना शाहीलाई सम्मानित गरियो । दिवंगत पिता लाल बहादुर खाँण र माता पुर्ण कुमारी खाँणको स्मृतिमा जिल्ला समन्वय सदस्य तथा वि.व्य.स सदस्य गीता खाँणबाट रु. २० हजारको अक्षय कोष स्थापना भएको छ ।
शिक्षक गोकर्ण जि.सी.लाई कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षक र शिक्षक कोपिला के.सी रोकालाई कक्षा १० (SEE-२०७९) को नेपाली विषयको नतिजाको आधारमा मूल्यांकन गर्दै सम्मानित गरियो । शिक्षक पशुपति पौडेललाई शिक्षकहरुको हकहितको निम्ति आवज उठान गर्ने शुभेच्छुक संस्था नेपाल शिक्षक संघ, स्याङ्जा कार्यसमितिको अध्यक्ष पदमा नवौं महाधिवेशनबाट चयन हुनुभएकोमा बधाई ज्ञापन गर्दै सम्मानित गरियो ।
सम्मान ग्रहण गर्दै शिक्षक गोकर्ण जिसी
सम्मान ग्रहण गर्दै शिक्षक कोपिला रोका
सम्मान ग्रहण गर्दै शिक्षक पशुपति पौडेल
शैक्षिक सत्र २०८० को उत्कृष्ट विद्यार्थी (Student of The Year 2080) हाल कक्षा ९ मा अध्यनरत छात्रा अप्सरा थापा भएको छ । उनलाई  वि.व्य.स.पूर्व अध्यक्ष देबेन्द्र खाँणले बेस्ट स्टुडेन्ट जर्सी, प्रमाणपत्र र अन्य पुरस्कारले सम्मान गर्नुभयो । वार्षिक परीक्षा २०८० मा विभिन्न स्थान हाँसिल गर्न सफल, अनुशासित, सरसफाइ लगायत सर्वाधिक हाजिरी भएका विद्यार्थीहरुको साथै अतिरिक्त कृयाकलाप तर्फ अन्तर-सदनात्मक छात्र (पुरुष) भलिवल, हिसाब दौड, चम्चा गुच्चा दौड, सम्झना खेल, भित्र-बाहिर खेल लगायत अन्य विभिन्न विधामा विजेता तथा उपविजेता सबैलाई पुरस्कार प्रदान गरियो । कार्यक्रममा वाल क्लव तथा विद्यार्थीहरुको बेजोड साँस्कृतिक प्रस्तुति र सामाजिक विसंगति बिरुद्ध सडक नाटक समेत प्रस्तुत भयो ।
मनतब्य दिँदै शिक्षा प्रमुख मनोज सिर्मल
कार्यक्रममा बोल्दै चापाकोट नगरपालिका शिक्षा प्रमुख मनोज सिर्मलले नगरको शिक्षाको स्तर उकास्न आफू कटिबद्ध रहेको शिक्षकहरुको पेशागत दक्षता अभिवृद्धिको लागि वार्षिक न्युनतम ३ पटक शिक्षक तालिम सञ्चालन गर्ने, कक्षा १-३ को मूल्यांकनलाई पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा अनिवार्य कार्यान्वयन गराउने र शैक्षिक गुणस्तरको निम्ति सम्पूर्ण नगरबासी अभिभावकहरुसंग अन्तरक्रिया गर्न आफू प्रतिबद्ध रहेको कुरा बताउनुभयो । नगर प्रमुख देब बहादुर खाँण (ईश्वर)ले खड्गकाली मा.वि. आफूले विगतमा अध्यापन गरेको विद्यालय भएको र आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा प्रतिबद्ध रहने बाचा गर्नुभयो । 
मनतव्य व्यक्त गर्दै नगर प्रमुख देव बहादुर खाँण (ईश्वर)
६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री तिलक बहादुर खाँण हुनुहुन्थ्यो भने कार्यक्रम उद्घोषण शिक्षक कोपिला केसी रोकाद्वारा भएको थियो । कार्यक्रमको अन्तिममा जलपान कार्यक्रम पश्चात् कार्यक्रम विधिवत रुपमा सम्पन्न भयो ।
कार्यक्रमको अन्तिममा सामूहिक तस्बिर लिँदै विद्यालय परिवार

0 Comments

Famous Quotes: