सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

श्री खड्गकाली मा.वि.मा शैक्षिक सत्र २०८१ को लागि भर्ना खुल्यो

विगत ६१ वर्ष देखि विशुद्ध शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छवि प्रदान गर्न सफल साथै विगतका माध्यमिक तह परीक्षा (SEE) र आधारभूत तह परीक्षा (BLE) मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यवहारिक तथा निःशुल्क एवम् सर्वसुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक विद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर तथा आइसिटी, पर्याप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित भौतिक पूर्वाधार तथा सुविधाहरूमा व्यापक लगानी गर्दै नयाँ शैक्षिक सत्र २०८१ को "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नाराका साथ लागि मिति २०८० चैत २६ गतेबाट कक्षा नर्सरीदेखि कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सहर्ष जानकारी गराउँछौं । 
कक्षा नर्सरीदेखि कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरूमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस विद्यालयमा समयमै आफ्ना नानीबाबुहरुलाई भर्ना गराई निःशुल्क पाठ्यपुस्तक लिन आउनुहोला ।

हाम्रा विशेषताहरुः
  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दतिहरुको पूर्ण अवलम्बन गरिने ।
  • कम्प्युटर, स्मार्ट बोर्ड, मल्टिमिडिया प्रोजेक्टर, विद्यालयले विकास गरेको शैक्षिक पोर्टल र मोबाइल एप तथा आधुनिक आइसिटी प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • स्वच्छ र आरामदायी बालमैत्री कक्षाकोठा, खानेपानी र शौचालयहरूको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ बाल मनोविज्ञान तथा आधुनिक शिक्षण पद्दतिहरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरू आत्मसाथ गरिने ।
  • हरेक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर तथा विद्यालयको वार्षिक कार्यपात्राको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरि कार्यक्रमहरु सञ्चालन गरिने ।
  • गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षय कोषद्वारा छात्रावृत्ति प्रदान गरिने । 
  • नगर स्तरिय तथा माध्यमिक शिक्षा परिक्षा (SEE), आधारभूत तह परीक्षा (BLE) र विद्यालय उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • आधारभूत तह (कक्षा ५) सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै चमेना गृहमा पोसिलो दिवा खाजाको व्यवस्था हुने ।
  • शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न समयसमयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहने ।
  • अतिरिक्त कक्षा (टिउसन तथा कोचिङ) को व्यवस्था र कुनै पनि पिरियड खाली नहुने गरि खाली पिरियड व्यवस्थापन गरिने ।
  • निरन्तर विद्यार्थी सुरक्षा तथा निगरानीको निम्ति विद्यालयको सम्पूर्ण हाताभित्र २४ सै घण्टा सेक्युरिटी क्यामेराको व्यवस्था गरिएको ।
पुनश्च: भर्ना हुन आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । सम्भव भएसम्म जन्मदर्ता लिएर आउनुहोला । भर्ना पश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ ।

0 Comments

Famous Quotes: