सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा सटपट र दौड प्रतियोगिता सम्पन्न

आज मिति २०८० फागुन ११ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालक्लबको आयोजनामा सटपट (छेलो फ्याँक्ने) र दौड प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ३-५ बिचमा सञ्चालन भएको १०० मिटर दौड दौड प्रतियोगितामा प्रथम कक्षा ५ को छात्र प्रशन्न खाँण, द्वितीय कक्षा ५ को छात्र अमृत पौडेल र तृतीय कक्षा ४ को प्रसान्त नेपाली भएका छन् । कक्षा ६-१० बिचमा सञ्चालन भएको छात्र सटपट प्रतियोगितामा कक्षा ९ का निरज गुरुङ र द्वितीय कक्षा ८ का हर्सित सारु भएका छन् । 
त्यसैगरी, कक्षा ६-१० कै छात्रा सटपट प्रतियोगितामा भने प्रथम प्रथम कक्षा ७ की इस्मी मल्ल र द्वितीय कक्षा ८ की अप्सना खाँण हुन सफल भएका छन् । खेल अरिरिक्त कृयाकलाप संयोजक गोकर्ण जि.सी., राजेन्द्र बहादुर थापा र अन्य शिक्षकहरुद्वारा सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्न सफल विद्यार्थीहरु विद्यालबाट पुरस्कृत हुनेछन् ।

0 Comments

Famous Quotes: