सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा अंग्रेजी निबन्ध लेखन र घेैंटो फोड प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ १९ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालक्लबको आयोजनामा कक्षा ६ देखि १० सम्म अग्रेजी निबन्ध (essay) लेखन र कक्षा नर्सरी देखि ५ सम्म घैंटो फोड प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ र ७ लाई "My Hobbies and Habbits" र कक्षा ८ देखि १० लाई "Importance of Information and Technology" शिर्षक दिइ सञ्चालन गरिएको उक्त अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा कक्षा ६ र ७ बाट कल्पना कुँवरको र कक्षा ८ देखि १० बाट समीक्षा उच्चैको निबन्ध उत्कृष्ट छनोटमा परेका छन् । त्यसैगरी घैंटो फोड प्रतियोगितामा कक्षा ३ को नमिस्का पौडेल विजयी बन्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट निबन्ध लेखन गर्ने र घैंटो फोड प्रतियोगितामा बिजयी विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

0 Comments

Famous Quotes: