सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

सरस्वती मन्दिर निर्माणका लागि सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नाम

श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा सरस्वती मन्दिर निर्माणको निम्ति आर्थिक सहयोग गर्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण दानवीर महानुभावहरुलाई हार्दिक धन्यवाद । यहाँहरुको साथ र सहयोगकै कारण हामीले मन्दिर निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याएका छौँ । हालसम्म सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नामावली हामीले यहीँ पोष्टबाट एकमुष्ठ सार्वजनिक गरिरहेका छौँ । कृपया आफ्नो नाम, थर, ठेगाना वा रकमहरु गलत हुन पुगेमा हामीलाई सम्पर्क गरेर सच्याउनुहोला अथवा सहि विवरण उपलब्ध गर्नुहोला । विवरण सहि भएको यकिन भएपश्चात शिलालेखमा यहाँहरुको नामावली प्रकाशित गरेर यहीँ आउँदो फाल्गुन २ गते श्रीपञ्चमी (सरस्वती पूजा)को दिन सरस्वतीको मूर्ति प्राण प्रतिष्ठा गरी विधिवत रुपमा पूजा गरिने जानकारी सम्पूर्णमा गराइन्छ ।






0 Comments

Famous Quotes: