सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा माध्यमिक तहको अंग्रेजी शिक्षक आवश्यकता विज्ञापन नं. २/०८०/०८१

श्री सम्बन्धित सबैमा,

विषय (sub): विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८०/०८/२४, च.नं. ६२१ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८०/०८/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।


तपसील

- विज्ञापन नं.: २/०८०/०८१
- पद संख्या:१
- पद: शिक्षक (शिक्षण सहयोग अनुदान)
- तह: मा.वि.
- विषय: अंग्रेजी
- योग्यता: वि.एड वा सो सरह उतीर्ण
- उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
- तलव स्केल: नेपाल सरकारको नियमानुसार
- दरखास्त दस्तुर: रु. १५००/-
- परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
- दरखास्त दिने अन्तिम मिति: २०८०/०९/०८ (४ बजेभित्र)
- सम्पर्क मिति: २०८०/०९/०८

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

- ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

अनलाइन दरखास्त:

0 Comments

Famous Quotes: