सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न

आज मिति २०८० मंसिर ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बालक्लबको आयोजनामा "छोरीलाई पैतृक सम्पत्ति भन्दा शिक्षा दिनु बेस" भन्ने शिर्षकमा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा पक्ष र विपक्षमा रहने गरि हरेक सदनहरुबाट दुई/दुई जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुमा तार्किक सीप परीक्षण तथा बैचारिक खण्डन गर्ने कला बढाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो । प्रतियोगितामा बाग्मती सदनबाट भाग लिने विद्यार्थीहरु इस्मी मल्ल र शर्मिला क्षेत्री, कोशी सदनबाट सीता थापा र दिवस गुरुङ, कर्णाली सदनमा हिमानी खाँण र नोमिस्का गुरुङ तथा गण्डकी सदनमा स्मृति बि.सी. र हिसिला गुरुङ रहेका थिए । 
प्रतियोगितामा गण्डकी सदनले प्रथम स्थान हाँसिल गरेका छन् । द्वितीय हुन सफल सदन कोशी रहेका छन् भने तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल सदनहरु क्रमशः बागमती र कर्णाली रहेका छन् ।
निर्णायक मण्डलको रुपमा शिक्षकहरु बिष्णु पौडेल, शिव गिरी र संगिता अर्याल रहनुभएको थियो भने अन्य शिक्षकहरुले सुपरिवेक्षक भूमिका निभाउनुभएको थियो । बाल क्लबको सचिव अप्सरा थापाद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्र.अ. लेस बहादुर खाँण र सभापतिको रुपमा बालक्लबको अध्यक्ष कक्षा ८ की छात्रा पुजा गुरुङ रहेका थिए । वादविवाद प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

0 Comments

Famous Quotes: