सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

विद्यालय बन्द रहने सम्बन्धमा जरुरी सूचना

सम्पूर्ण विद्यार्थी तथा अभिभावक,

विषयः विद्यालय बन्द रहने सम्बन्धमा ।

नेपाल सरकारले मिति २०८०/০५/२७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २০८০) नेपालको सार्वजनिक शिक्षालाई थप धरासायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीको पेसागत हक हित विपरित रहेकाले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले यहीँ मिति २०८० असोज ३ गतेदेखि निर्णायक आन्दोलनको आव्हान गरेको हुँदा उक्त आन्दोलनमा विद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरु काठमाण्डौंमा हुने वृहत प्रदर्शनमा सहभागी हुनुपने भएकोले अर्को सूचना नआएसम्म विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सवैलाई जानकारीका लागि सादर अनुरोध छ ।
पुनश्चः आन्दोलनको कारण अवरुद्ध हुने पठनपाठनप्रति हामी अत्यन्त सवेदनशिल र जिम्मेवारी छौं र अतः उक्त पठनपाठनको क्षतिपूर्ति अन्य सार्वजनिक विदाको दिनबाट व्यवस्थापन गरिने छ ।

0 Comments

Famous Quotes: