सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

भावपूर्ण श्रद्वाञ्जली - स्व. रुप कुमारी खाँण

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं.–४, घुर्लिचौर निवासी श्री खड्गकाली मा.वि.का सल्लाहकार क्या. श्री टंक बहादुर खाँणको धर्मपत्नी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष, लोकप्रिय गायक, सर्जक एवं मोडल श्री रामजी खाँण तथा श्री मौसम खाँणको पुजनीय ममतामयी माता रुप कुमारी खाँणको मिति २०८० जेठ ३० गते ६२ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

0 Comments

Famous Quotes: