सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

६० औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरु सञ्चालन

श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा आज मिति २०८० वैशाख २९ गते ६० औं विद्यालय वार्षिकोत्सव, चारकोठे भवनको समुद्घाटन तथा अभिभावक दिवसको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरु सञ्चालन भएको छ ।
खेलकुदहरुमा अन्तर-सदनात्मक पुरुष भलिवल र हाजिरी जवाफ प्रतियोगिता, बाल हिसाब दौड, बाल बेलुन फुटाई, विद्यार्थी घैँटो फोड, अभिभावक घैँटो फोड, विद्यार्थी कुर्सी दौड (म्युजिकल चियर) र अभिभावक कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तर-सदनात्मक पुरुष भलिवल प्रतियोगितामा गण्डकी सदन प्रथम भएका छन् । द्वितीय हुन सफल सदन कोशी रहेका छन् भने तृतीय र सान्त्वना स्थान हासिल गर्न सदनहरु क्रमशः कर्णाली र बाग्मती रहेका छन् ।
त्यसैगरी अन्तर-सदनात्मक हाजिरी जवाफ प्रतियोगितामा प्रथम कर्णाली सदन, द्वितीय बाग्मती सदन, तृतीय गण्डकी सदन र सान्त्वना कोशी भएका छन् । बेलुन फुटाई प्रतियोगितामा कक्षा के.जी. को निस्पल खाँण, विद्यार्थी घैँटो फोडमा कक्षा ५ को अमृत पौडेल, अभिभावक घैँटो फोडमा चापाकोट-४ लग्दाका सारदा कुँवर, विद्यार्थी कुर्सी दौडमा कक्षा ५ को गौरब खाँण र अभिभावक कुर्सी दौडमा चापाकोट-४ भण्टाबारीका अमृता थापा प्रथम हुनुभएको छ ।
खेलमा विभिन्न स्थान प्राप्त गर्ने प्रतियोगीहरु वैशाख ३१ गते वार्षिकोत्सव, चारकोठे भवनको समुद्घाटन तथा अभिभावक दिवसको समापनको दिन पुरस्कृत हुनेछन् ।

0 Comments

Famous Quotes: