सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७९ को नतिजा प्रकाशित

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०७९ पुस १९ गते शैक्षिक सत्र २०७९ को अर्धवार्षिक परीक्षाको परीक्षाफल प्रकाशन, प्रगति विवरण र पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
विद्यालयका शिक्षक पशुपति पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका पदाधिकारी, वडा प्रतिनिधि, वर्तमान तथा भू.पू. व्यवस्थापन समितिका सदस्य, राजनितीक दलका पदाधिकारी, संस्थापक सदस्य, टोल शिक्षा समितिका सदस्यहरु, राजनितीक दलका पदाधिकारी, बाल क्लव, छिमेकी विद्यालयका शिक्षकहरु एवं अन्य अतिथिहरुको उल्लेख्य उपस्थिती रहेका थिए । चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँणद्वारा दियो प्रज्योलन गरि उद्घाटनबाट सुरु भएको औपचारिक कार्यक्रममा विद्यालयका शिक्षक सरस्वती अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । 
विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित परिवर्तन ल्याउनको लागि विद्यार्थीहरुले हरसम्भव कोशिस गरिरहनुपर्ने र अभिभावहरुले पनि सोही अनुरुप वातावरण सिर्जना गर्नुपर्ने कुरा प्रस्ट्याउँदै शिक्षक जगदीश प्रसाद यादबले आफ्नो मनत्व्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच प्रत्यक्ष सम्बन्ध कायम भएमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । साथै, उहाँले पछिल्लो समयमा विद्यार्थीहरुमा देखिन थालेको प्रविधिहरुको दुरुपयोग र यसबाट विद्यार्थीहरुको पढाईमा हुनसक्ने सम्भावित नोक्सानीबारे समस्त विद्यार्थी र अभिभावहरुलाई सचेत गराउँदै यसको सही उपयोग गर्न सुझाव दिनुभयो ।
विद्यार्थीहरुको तर्फबाट कक्षा १० का छात्रा सन्ध्या अर्यालले विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा अपेक्षित सुधारको निम्ति अभिभावकहरु आफ्ना विद्यार्थीहरुको प्रगतिको स्तर जाँचबुझ गर्न नतिजा प्रकाशनको बखत मात्र नभएर अन्य समयमा पनि जागरुक भैरहनुपर्ने कुरा व्यक्त गरे । उनले समस्त विद्यार्थी साथीहरूलाई विद्यार्थी जीवनमा पालना गर्नुपर्ने आचार संहिता, अनुशासन र प्रविधिको सदुपयोगको सम्बन्धमा जागरुक गराए ।
कार्यक्रम विशिष्ट अतिथीको रुपमा रहनुभएका शिक्षा समन्वय समितिका सदस्य गिता खाँणले शुभकानमा मनतव्य व्यक्त गर्नुभयो । 
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिँदै आगामी दिनहरुमा पनि गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । उहाँले खड्गकाली मा.वि.को शैक्षिक उन्नयनमा योगदान पुर्‍याउनुभएकोमा चापाकोट नगरपालिका तथा अन्य संघसंस्था एवम् व्यक्तित्वहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा रहेको कुरा बताउनुभयो । त्यसैगरी, उहाँले खड्गकाली मा.वि. गत वर्षको एसईईमा चापाकोट नगरपालिका सर्बोत्कृष्ट भएको गौरवपूर्ण इतिहासको उजागर गर्दै विद्यार्थीहरुलाई सो इतिहास कायम राख्नको निम्ति उत्प्रेरित समेत गर्नुभयो । 
कार्यक्रमको केन्द्रबिन्दुको रुपमा रहनुभएका चापाकोट वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँणले विद्यालयको उन्नयनमा प्रत्यक्ष वा परोक्ष रुपमा योगदान गर्नुहुने सम्पूर्ण व्याक्तित्वहरुलाई आभार व्यक्त गर्दै शिक्षक तथा विद्यार्थीहरुलाई कोरा किताबी ज्ञानमा मात्र सिमित नभइ व्यवहारिक, जीवनोपयोगी, नैतिक आचरणयुक्त शैक्षिक कृयाकलापहरुमा समेत सरिक हुन आग्रह गर्नुभयो ।
कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम र थरिथरिका प्रतिभाहरु प्रस्तुत भयो । कक्षा नर्सरीदेखी कक्षा दससम्म विद्यार्थीहरुको नतिजा सुनुवाइ भयो र नतिजा सुनुवाइ संगै सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण भयो । कार्यक्रममा अतिरिक्त कृयाकलापहरुमा विजयी, अनुशासन, सरसफाइ र सर्वाधिक हाजिरी भएका विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण भयो ।

शिक्षाप्रेमी स्वर्गीय निर्मल गिरीले आफू र आफ्नो धर्मपत्नीको नाममा साविक मल्याङ्कोट गाविसको शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउने पवित्र उद्देश्यकासाथ 'निर्मल टुक्का अक्षयकोष' महेन्द्र मा.वि. दिसिङकोटमा स्थापना गर्नुभएको र उक्त अक्षयकोषबाट एसईई तथा कक्षा १० को नेपाली र अंग्रेजी विषयमा सर्बोत्कृट अंक प्राप्त विद्यार्थीहरुलाई जनही रु. ५०००/- छात्रवृत्ति प्रदान गर्ने निर्णय भए अनुरुप खड्कालीमा मा.वि. का विद्यार्थी शुशान्त खाँणले अंग्रेजीमा साविक मल्याङ्कोट सर्बोत्कृष्ट अंक (जिपिए) ल्याएबापत रु. ५०००/- र प्रमाणपत्र अनि नेपाली विषयमा सर्बोत्कृष्ट अंक (जिपिए) प्राप्त गरेबापत दावेदार विद्यार्थीहरु शुशान्त खाँण, भूमिका पंगेनी र सुबास बहादुर पौडेलले जनही रु. १२५०/- का दरले छात्रवृत्ति प्राप्त गरेका छन् । नेपाली सर्बोत्कृष्ट छात्रावृत्तीको दावेदार एउटा विद्यार्थी महेन्द्र मा.वि. दिसिङ्कोटको रहेका छन् ।
कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको वि.व्य.स.का अध्यक्ष तिलक बहादुर खाँणले अभिभावकहरुलाई आफू व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले आफ्नो जिम्मेवारी हरसम्भव पूरा गरेको कुरा स्पस्ट पार्दै विद्यार्थीहरुलाई सिकाइको निम्ति सधैं अभ्यस्त रहिरहन अनुरोध अनुरोध गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावकहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य वि.व्य.स.का सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तरकृया तथा प्रोग्रेस कार्ड वितरण भयो ।

0 Comments

Famous Quotes: