सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७९ कार्तिक ६ गतेदेखि १३ गतेसम्म विदा सम्बन्धमा जरुरी सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०७९ कार्तिक ६ गते आइतबार स्थानीय विदा, कात्तिक ७ गते सोमबारदेखि कार्तिक १२ गते शनिबारसम्म तिहार बिदा र कात्तिक १३ गते छठ पर्वको अवसरमा सार्वजनिक विदा हुने भएको हुँदा उल्लेखित दिनहरुमा विद्यालयमा पठनपाठन बन्द रहने कुरा सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
पुनश्च: कात्तिक १४ गतेबाट नियमित रुपमा विद्यालयमा पठनपाठन हुनेछ र हिन्दुहरुको महान् पर्व दिपावली-२०७८ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

प्रधानाध्यापक
लेस बहादुर खाँण
श्री खड्गकाली मा.वि.

0 Comments

Famous Quotes: