सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा ५९ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

५९ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा दियो प्रज्योलित गरेर उद्घाटन गर्दै मेयर देब बहादुर खाँण
५९ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा दियो प्रज्योलित गरेर उद्घाटन गर्दै मेयर देब बहादुर खाँण
श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७९ असार २ गते ५९ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सभ्य र भव्यताकासाथ सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख एवम् विकासप्रेमी युवा नेता श्री देव बहादुर खाँण (इश्वर) रहनु भएको थियो । विशिष्ट अतिथिमा उपमेयर इशा राना, जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य गिता खाँण, चापाकोट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण, चापाकोट ने.का. सभापति बिक्रम सारु, चापाकोट नगर शिक्षा शाखाका मुकुन्द डोटेल, नारायणराज पौडेल लगायत चापाकोट-५ निवर्तमान अध्यक्ष ईन्द्रबहादुर शाही रहनुभएको थियो भने नगर वडा समितिका पदाधिकारी, भु.पु. वि.ब्य.स. अध्यक्ष, भु.पू. प्र.अ, विद्यालय संस्थापक, सल्लाहकार, अक्षयकोषदाता, राजनितीक दलका पदाधिकारी, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनु भएको थियो । 

कार्यक्रममा शिक्षक प्रतिनिधि संगिता पौडेलद्वारा स्वागत मनतव्य व्यक्त भयो । विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा १० की छात्रा सविना खाँणले पनि शुभकामना मनतव्य व्यक्त गरे । उनले नगर प्रमुख तथा अन्य पदाधिकारीहरु समक्ष बाटोको अवरोधको कारण विद्यार्थीहरुले विद्यालय आवत जावतमा खेप्नुपरेको समस्याको बारेमा बताउँदै त्यस समस्यालाई राम्रोसँग सुल्झाउन आग्रह गरे । साथै विद्यार्थीको परिश्रम, विद्यालयको व्यवस्थापन र अभिभावहरुको लगन तथा चासोको एकीकृत चासोको संयोजनबाट मात्र शैक्षिक गुणस्तर सम्भव हुने र सोही अनुरुपको आचारण गर्न समग्र अभिभावक र सरोकारवाला निकायहरुलाई सुझाव दिए ।
समारोहमा छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्याक्तित्व, वर्तमान तथा भू.पू. विद्यार्थी, अभिभावक र अन्य अतिथिहरुको समेत बेजोड उपस्थित रहेको थियो ।

बार्षिक आय व्यय तथा बजेट प्रस्तुत गर्दै प्र.अ. लेस बहादुर खाँण
विद्यालयका प्रधानाध्यापकले आ.व. २०७८/२०७९ को सरकारी तथा निजी स्रोत गरी ९५,३०,८३०/- बराबरको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले कार्यक्रमको केन्द्रबिन्दु अर्थात नगर प्रमुख देव बहादुर खाँण लगायत सम्पूर्ण नबनिर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आगामी शैक्षिक सत्रको निम्ति आधारभूत विद्यालयीय पूर्वाधारहरुको संक्षिप्त मागपत्र प्रस्तुत गर्नुभयो । साथै, विद्यार्थीहरुको संख्या अनुसार विवेक प्रयोग गरि माध्यमिक शिक्षक दरबन्दी उपलब्ध गराउन र समग्र अभिभावकको माग प्लस टु कक्षा वृद्धि प्रसंगमा उहाँले नगरप्रमुखलाई ध्यानाकर्षण गर्नुभयो ।

दियो प्रज्योलित गरेर कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख इशा राना
दियो प्रज्योलित गरेर कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख इशा राना

कार्यक्रममा मनतव्य व्यक्त गर्दै चापाकोट शिक्षा शाखाका मुकुन्द डोडेल
कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहनुभएको नगरपालिका उपप्रमुख ईशा राना, नगर सभापति विक्रम बहादुर सारु, चापाकोट शिक्षा शाखाका प्रतिनिधि मुकुन्द प्रसाद डोटेल, वडा नं ४ वडाध्यक्ष अर्जुन कुमार खाँण, विद्यालय सल्लाहकार नारायणराज पौडेल, चापाकोट वडा नं. ५ निवर्तमान अध्यक्ष इन्द्रबहादुर शाही एवम् समन्वय समितिका प्रतिनिधि सदस्य गिता खाँणहरुले ले पनि ५९ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यार्थी परिवारलाई बधाई दिँदै मनतव्य दिएर आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा आफूहरुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एवम् रितले, भू.पु. प्र.अ. जगन्नाथ अर्याल, भू.पू. वि.व्य.स र आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो ।
कार्यक्रममा २०७८ को वार्षिक नतिजाको पुरस्कार वितरण, ५३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषबाट जनही रु. १०००/- का दरले छात्रवृत्ति वितरण, माध्यमिक शिक्षा परीक्षा (SEE) २०७७ को उत्कृष्ट २ जना - अन्जना पौडेलहिमाल सारुलाई जनही नगद रु. ५०००/- र प्रमाणपत्र, आधारभूत तह परीक्षा (BLE) २०७७ उत्कृष्ट सनिसा सिंजाली र आधारभूत तह परीक्षा (BLE) २०७८ उत्कृष्ट दिनेश पुलामीलाई पनि जनही नगद रु. ३०००/- र प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ । साथै, २०७८ को बार्षिक परीक्षामा विद्यालय सर्बोत्कृष्ट अंक ल्याई विद्यालय प्रथम हुन सफल छात्र दिपसन थापा क्षेत्रीले पनि विद्यालयको तर्फबाट नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र र वर्तमान वि.व्य.स. अध्यक्षको तर्फबाट नगद पुरस्कार प्राप्त गरेका छन् ।  विद्यालयलाई प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान गर्ने विभिन्न अतिथी, समाजसेवी व्यक्तित्व र शिक्षकहरू पनि विद्यालयद्वारा सम्मानित भएका छन् । 
विद्यालय सर्बोत्कृष्ट दिपसन थापालाई सम्मान गर्दै वि.व्य.स. अधयक्ष तिलक खाँण
विद्यालय सर्बोत्कृष्ट दिपसन थापालाई सम्मान गर्दै वि.व्य.स. अधयक्ष तिलक खाँण
शैक्षिक सत्र २०७८ को उत्कृष्ट विद्यार्थी (Student of The Year 2078) हाल कक्षा १० मा अध्यनरत छात्रा सबिना खाँण भएका छ । उनलाई भू.पु. वि.व्य.स. अध्यक्ष देबेन्द्र खाँणले बेस्ट स्टुडेन्ट जर्सी, प्रमाणपत्र र अन्य पुरस्कारले सम्मान गर्नुभयो । अतिरक्त कृयाकलाप तर्फ अन्तरसदनात्मक छात्र भलिबल, खुल्ला कुर्सी दौड, बेलुन फुटाउने, घैँटो फोड लगायत अन्य विभिन्न विधामा विजेता तथा उपविजेता सबैलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा वाल क्लव तथा विद्यार्थीहरुको बेजोड साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत भयो ।

खड्गकाली माविमा अक्षयकोष छात्रवृत्ति स्थापनार्थ आर्थिक सहयोग गर्नुहुने चापाकोट-४, लग्दा (हाल पोखरा) निवासी रुक बहादुर गुरुङ र चापाकोट-४, भण्टाबारी निवासी दुर्गा थापालाई विद्यालयले सम्मान गरेको छ । त्यसैगरी, स्थानीय चुनाब २०७८ मा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुका साथै आमन्त्रित अतिथीहरुलाई पनि विद्यालयले सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख देब बहादुर खाँणले खड्गकाली मावि आफूले विगतमा अध्यापन गरेको विद्यालय भएको र आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा प्रतिबद्ध रहने बाचा गर्नुभयो । उहाँले, प्र.अ. को मागपत्र अनुरुप विद्यालयमा मावि दरबन्दी र प्लस टु सञ्चालनको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

५९ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री तिलक बहादुर खाँण हुनुहुन्थ्यो भने कार्यक्रम उद्घोषण शिक्षक श्री पशुपति पौडेलद्वारा भएको थियो । कार्यक्रमको अन्तिममा जलपान कार्यक्रम पश्चात् कार्यक्रम विधिवत रुपमा सम्पन्न भयो ।

1 Comments

  1. ५९ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सफतलापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई ।

    ReplyDelete

Famous Quotes: