सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा अर्धवार्षिक परीक्षा २०७६ को नतिजा प्रकाशित

खड्गकाली मावि चापाकोट-४, स्याङ्जामा मिति २०७६ पुस ११ गते शैक्षिक सत्र २०७६ को अर्धवार्षिक परिक्षाको परिक्षाफल प्रकाशन, प्रगति विवरण र पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
चापाकोट नगरपालिका भरिका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा एकरुपता हुने गरि मंसिर २२ गतेदेखि लिएको अर्धवार्षिक परीक्षा मंसिर ३० गतेसम्म संचालन भएको थियो । सम्बन्धित बिषयका शिक्षकहरुबाट उत्तर पुस्तिका जाँच भैसकेपछि विद्यार्थीहरुमा आत्मसमालोचनात्मक भावना जागृत गराउनको निम्ति यथाशिघ्र नतिजा प्रकाशन गर्ने भन्ने योजना भएकाले योजना अनुरुप चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार परिक्षाफल प्रकाशन गरिएको हो ।
विद्यालयका शिक्षक पशुपति पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्व, राजनितीक दलका पदाधिकारी, विद्यार्थी, अभिभावक, व्यावस्थापन समितिका सदस्य, टोल शिक्षा समितिका सदस्य, बाल क्लव, रेडक्रस र संस्थापक सदस्य एवं अन्य अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षिका भिमा चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच प्रत्यक्ष सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित परिवर्तन ल्याउनको लागि विद्यार्थीहरु हरसम्भव कोशिश गरिरहनुपर्ने र अभिभावहरुले पनि सोही अनुरुप वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिँदै शिक्षक गोकर्ण जिसिले शुभकामना मनतव्य दिनुभयो । उहाँले विद्यार्थीको शैक्षिक स्तरको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्तानको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । 
छात्रछात्राहरुको तर्फबाट कक्षा ८ का छात्र सुबास बहादुर पौडेल र कक्षा १० का छात्रा धनु सिङ्जालीले अभिभावकहरु आफूहरुको प्रगतिको स्तर जाँचबुझ गर्न नतिजा प्रकाशनको बखत मात्र नभएर समयसमयमा धाइरहनुपर्ने र आफूहरुले आगामी दिनहरुमा अझ बढि प्रगति गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।

एवम् रितले, विद्यालयको शिक्षक एवम् विद्यालय परीक्षा समितिका संयोजक जगदीश यादवले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक सबैको समान जिम्मेवारी हुने कुरा बताउनुभयो । शिक्षालाई एउटा लगानीको रुपमा लिनुपर्ने र भौतिक पक्षको मात्र विकासले शैक्षिक गुणस्तर वृद्वि नहुने लगायत शिक्षकको शैक्षणिक गुणस्तर एवम् व्यवस्थानको पक्षलाई समय समयमा झक्झकाएर सुझाव सल्लाह एवम् नयाँ आयमको निम्ति समग्र पक्षलाई सजक बनाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । त्यसैगरी भूतपूर्व वि.व्य.स. समर बहादुर शाहीले पनि विद्यार्थीलाई पठनपाठनमा नियमित रुपमा आफूलाई झुकाव गराइराख्नुपर्ने र अनावश्यक काममा समय खेर नफाल्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७६ सालको हालसम्मको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । 
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिँदै अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । साथै, विद्यालयको भौतिक व्यवस्थापन पक्ष राम्रो भैसकेको र गुणात्मक पक्षमा पनि क्रमशः अपेक्षित सुधार गर्दै लैजाने कुरामा आश्वासन दिनुभयो । उहाँले चापाकोट नगरपालिकाबाट शौचालय निर्माणको लागि रु. तेह्र लाख बराबरको बजेट बिनियोजन भएको र योजना अवधी भित्रै निर्माण सम्पन्न गराउने र सबैलाई चासो देखाउन अनुरोध गर्नुभयो ।  
कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतिभाहरु प्रस्तुत भयो । कार्यक्रममा विद्यार्थीहरुको नतिजा सुनुवाइ भयो । कक्षा नर्सरीबाट प्रथम आइस्मा खाँण, द्वितीय अस्मिता कुँवार, तृतीय दिपिका मरासिनी र चतुर्थ अनमोल खाँण भएका छन् ।
कक्षा के.जी. बाट प्रथम अप्सन सुवेदी, द्वितीय सफल परियार, तृतीय अविस्ना खाँण र चतुर्थ बादल बि.क. हुन सफल भएका छन् । त्यसैगरी, कक्षा एकबाट प्रथम दिप्सन थापा, द्वितीय अमृत पौडेल, तृतीय सुरज गुरुङ र चतुर्थ बिसुम खाँण भएका छन् । कक्षा दुईबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः अन्जल कुँवार, सदिक्षा कुँवार, मेलिना हिताङ र कल्पना कुँवार भएका छन् । कक्षा ४ बाट प्रथम हुनेमा इस्मी मल्ल, द्वितीय बिष्णु सुन्धौली, तृतीय सम्राट सिह रहेका छन् । अप्सरा थापा र दिवन रणपाल कक्षा चारबाट क्रमशः प्रथम र द्वितीय भएका छन । कक्षा पाँचको स्मृति बिसी प्रथम हुनेमा रहेका छन् भने कक्षा छ बाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः सीता थापा, रिदिमा सारु, शर्मिला क्षेत्री र युग सारु रहेका छन् । कक्षा सातबाट सन्ध्या अर्याल प्रथम, श्याममायाँ गुरुङ द्वितीय र गगन गुरुङ तृतीय हुन सफल भएका छन् । आठ कक्षाबाट प्रथम सुबास बहादुर पौडेल, द्वितीय सुशान्त खाँण, तृतीय बिनिता थापा र चतुर्थ टेकेन्द्र गुरुङ भएका छन् ।

कक्षा नौ मा प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः अन्जना पौडेल, मनिला सिहं, गंगा देवी शर्मा र दिपिना सिहं भएका छन् । कक्षा दसबाट मनिस पंगेनी प्रथम, इनमाया गुरुङ द्वितीय, शिशिर गुरुङ तृतीय र धनु सिङ्जाली चतुर्थ भएका छन् ।

नतिजा सुनवाइ संगै कक्षा नर्सरीदेखी कक्षा दस सम्म सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण भयो । साथै, अनुशासन र सरसफाइका निम्ति समेत पुरस्कार वितरण गरियो ।  खेलकुद कार्यक्रम तर्फ बाल घैँटो फोड प्रतियोगिताना अमृत पौडेल कक्षा एक र युवराज गुरुङ कक्षा दुई पुरस्कृत भएका छन् । त्यसैगरी खुला पुरुष सटपट प्रतियोगिताबाट कक्षा नौ मा अध्यनरत योगेन्द्र मरासिनी प्रथम, कक्षा दसमा अध्यनरत अरुण थापा द्वितीय, कक्षा दशमा अध्यनरत विपन पुलामी तृतीय र कक्षा दशमा अध्यनरत निगम गुरुङ सान्त्वना स्थानमा पुरस्कृत भएका छन् । अर्कोतर्फ महिला सटपट प्रतियोगिताबाट विपना रनपाल कक्षा नौ प्रथम, शशिला शाल्मी कक्षा दस द्वितीय, रञ्जिता थापा कक्षा तृतीय र सुजिना पौडेल कक्षा दश चतुर्थ स्थानबाट पुरस्कृत भएका छन् ।

कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको विव्यसका अध्यक्ष देवेन्द्र खाँणले अभिभावकहरुलाई आफू व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले आफ्नो जिम्मेवारी हरसम्भव पूरा गरेको कुरा स्पस्ट पार्दै अभिभावकहरुलाई विद्यालयमा नियमित उपस्थित भई विद्यालयको विभिन्न व्यवस्था र आफ्नो विद्यार्थीहरुको शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया भयो ।

0 Comments

Famous Quotes: